एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा सोमबारदेखि सञ्चालनमा आएको छ।
काठमाडौं महानगरपालिका वडा नं. २९ अनामनगरस्थित अनामनगर शाखाकोे समुद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले गरे भने चितवनको रत्ननगर नगरपालिका–६ स्थित सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरे।
यी शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहकलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ।
3
Shares
प्रतिक्रिया