ad ad

कारोबार


हिमालय एअरलाइन्सको नयाँ ब्राण्ड पहिचान सार्वजनिक

हिमालय एअरलाइन्सको नयाँ ब्राण्ड पहिचान सार्वजनिक

नेपालखबर
असोज १२, २०७६ आइतबार १४:०,

हिमालय एअरलाइन्सले हिमालको चुचुरोमा उड्दै गरेको चीललाई अंकित गर्दै बनाइएको नयाँ लोगो सार्वजनिक गर्दै आफ्नो ब्रान्ड पहिचान नयाँ बनाएको छ।

हिमालयको निर्देशिक सिद्धान्तः सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अभ्यास तथा एसियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि हिमालयले गरिरहेको प्रयासमा आधारित रहेर यो नयाँ ब्रान्ड पहिचान परिवर्तन गरिएको कम्पनीले जनाएको छ। रोयल सिंगी होटलमा आइतबार पत्रकार सम्मेलन गरी एअरलाइन्स्ले आफ्नो नयाँ संस्थागत लोगो सार्वजनिक गरेको हो।

सन् २०१४ मा स्थापना भएदेखि नै हिमालय एयरलाइन्स् व्यवसायको सबै पक्षहरुमा विशिष्ट हुन आफूलाई परिस्कृत गर्दै ल्याएको छ। एउटा जहाज र एउटा गन्तव्य स्थानबाट सुरु गरेको एअरलाइन्सले तीन वर्षको अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ।

H9 New Logoहिमालय एयरलान्सकाे सार्वजनिक भएकाे नयाँ लाेगाे

आबुधावी, दमाम र दोहालाई नेपालसँग जोड्दै एअरलाइन्सले मध्यपूर्वी मुलुकमा आफ्नो बलियो उपस्थिति जनाएको छ। दुई महिना अगाडि, सन् २०१९ जुलाई २०, मा काठमाडौं–ढाका उडान सुरु गरेको यस एअरलाइन्स्ले यो रुटमा सेवा सञ्चालनलाई अझ मजबुत बनाउने संकल्प गरेको छ। क्रमिक विकासको प्रक्रिया अन्तर्गत एअरलाइन्सले आफ्नो संस्थागत लोगोलाई परिवर्तन गर्दै नयाँ लोगो सार्वजनिक गरेको छ, जसले बल, सामञ्जस्यता र शान्तिलाई अंकित गर्दछ।

हिमालय एअरलाइन्सद्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाको नयाँ लोगो एअरलाइन्स्का प्रेसिडेन्ट झो एन्योङ र भाइस् प्रेसिडेन्ट विजय श्रेष्ठले सार्वजनिक गरेका थिए।

एअरलाइन्सले नयाँ लोगो सार्वजनिक गरेसँगै यसको व्याख्या र संस्थाको प्रगतीलाई ब्रान्ड तथा सर्भिस डिपार्टमेन्टकी प्रमुख श्रीमती उज्ज्वला दलीले प्रस्तुत गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .