सरकारले सबै प्रदेशमा ‘टुरिज्म पार्क’ निर्माण गर्ने तयारी गरेको छ। ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले सबै प्रदेशमा ‘टुरिज्म पार्क’ निर्माण गर्ने तयारी गरिएको बताएको हुन्।
आईतबार काठमाडाैंमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै बैद्यले त्यसका लागि सबै प्रदेशलाई पार्क बनाउने जग्गाको व्यवस्था गरिदिन आग्रह गरिएको पनि बताए।
‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले पूर्वाधार विकासमा जोड दिईरहेको पनि राष्ट्रिय कार्यक्रम संयोजक बैद्यको भनाई छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका बैद्यले पूर्वाधारको विकास गरेर नै नेपालमा बाह्य पर्यटकहरुको आगमनलाई बढाउन सकिने पनि बताए।
उनले त्यसका लागि टुरिज्य पार्क निर्माण गर्न बाह्य लगानीको खोजी भईरहेको पनि जनाकारी गराए।
प्रतिक्रिया