सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ बाट आइतबार करीब पाँच लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४८९ नम्बरको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा उक्त लत्ताकपडाको कुनै कागजपत्र फेला नपरेपछि बरामद गरेको जनाएको छ। बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा बिरगंजबाट खटिएको एपीएफ टोलीले असोज १२ गते करीब एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र भाडावर्तन बरामद गरेको छ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान बिरगंज महानगरपालिका १६ बाईपास रोड ईलाकाबाट बरामद गरिएको हो। बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय बिरगंजमा बुझाएको छ।
Shares
प्रतिक्रिया