कारोबार


नेपाल र यूएईबीच नयाँ हवाई सेवा सम्झौतामा हस्ताक्षर

नेपाल र यूएईबीच नयाँ हवाई सेवा सम्झौतामा हस्ताक्षर

नेपालखबर
असोज १२, २०७६ आइतबार ८:४८,

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ। शनिबार दुई देशबीच नयाँ हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको हो।

 क्यानडाको मन्ट्रियलमा जारी आईकाओको ४० औँ महासभाको क्रममा सो सम्झौतामा हस्ताक्षर भएको संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले जानकारी दिए।

मन्त्री भट्टराईले नयाँ हवाई सेवा सम्झौताले बिगतमा भएका समझदारीलाई अनुमोदन गर्दै थप बलियो बनाएको दावी गरेका छन्।

‘अन्तर्रास्ट्रिय नियम तथा अनुबन्धनहरुको परिपालना गर्दै दुई देश बीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउनुका साथै सहयोगको आदान प्रदान गर्न मद्दत पुग्नेछ’, आइतबार सामाजिक सञ्जाल फेसबुकमा मन्त्री भट्टराईले लेखेका छन्।

 yogesh n uae

उनले सम्झौता पत्रको तयारीमा लागेका दुबै देशका सम्बद्ध अधिकारीहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन्।

नेपाल र यूएईबीच सन् १९९९ मा पहिलो पटक हवाइ सम्झौता भएको थियो। नयाँ सम्झौता उनुसार दुवै देशले हप्तामा ७०÷७० उडान गर्न पाउने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad