कारोबार


सनराइज क्यापिटलले २० प्रतिशत नगद लाभांश बाँड्ने

सनराइज क्यापिटलले २० प्रतिशत नगद लाभांश बाँड्ने

नेपालखबर
असोज १२, २०७६ आइतबार ८:४९,

सनराइज क्यापिटल लिमिटेडको ९ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आ.ब. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश (४ करोड नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, सभाले आ.ब. २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad