कारोबार


विश्व मुटु दिवसको अवसरमा अल्का अस्पतालमा ल्याव परीक्षण निशुल्क

विश्व मुटु दिवसको अवसरमा अल्का अस्पतालमा ल्याव परीक्षण निशुल्क

नेपालखबर
असोज ९, २०७६ बिहिबार १२:१७,

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याव परीक्षण निशुल्क गर्ने भएको छ।

विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले यही असोज १२ गते इजिसी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण सित्तैमा गर्न लागेको हो।

लाइन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काले यही असोज १२ गते विश्व मुटु दिवस मनाउँदैछन्।

स्वस्थ्य मुटु सुरक्षित भविष्य भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर सोही दिनका लागि मात्र यी परीक्षणमा पैसा नलाग्ने अल्का अस्पतालका सिइओ दिलिप थापाले बताए।

उनका अनुसार सो दिन अस्पताल परिसरमा गरिने निशुल्क शिविरमा विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निशुल्क वितरण गरिनेछ।

शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्म फलो अपमा आउँदा पनि पैसा तिर्नु नपर्ने उनले बताए।

अल्का अस्पतालले वरिष्ठ चिकित्सकहरुबाट मुटु रोगको उपचार गर्दै आएको छ। साथै अल्का अस्पतालले मुटु रोग पहिचानका लागि विभिन्न हेल्थ्य प्याकेजसमेत सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad