क्यारी लामले भनिन्ः समुदाय संवाद कार्यक्रम प्रचार नीति होइन

क्यारी लामले भनिन्ः समुदाय संवाद कार्यक्रम प्रचार नीति होइन

नेपालखबर
असोज ९, २०७६ बिहिबार १२:२१,

वान चाइस्थित इलिजावेथ स्टेडियममा कार्यक्रमको आयोजना गरिएको थियो। यस कार्यक्रमको उद्देश्य हङकङका नागरिकको समस्या बुझ्नु रहेको एससीएमपीले जनाएको छ।

सरकारका अनुसार यस कार्यक्रममार्फत् सरकारलाई हङकङका समस्या थाहा पाएर त्यसलाई हल गर्न मदत पुग्नेछ।

बिहीबारको कार्यक्रममा १ सय ५० जना हङकङका नागरिक सहभागी भएका थिए।

यस कार्यक्रम आयोजना हुनुभन्दा अगाडिदेखि त्यहाँका नागरिकले यो कार्य सरकारको प्रचार नीति भएको भन्दै आलोचना गरेका थिए।

Photo: Winson Wong

बिहीबार कार्यक्रममा क्यारी लामले समुदाय संवाद कार्यक्रम सरकारको प्रचार नीति नभएको बताएकी छन्। उनले यो शुद्ध नागरिकलाई सहभागी गराएर उनीहरुको आवाज, विचार र समम्या सुन्ने कार्यक्रम भएको बताइन्।

सो क्रममा एक सहभागीले लामलाई चिनियाँ राष्ट्रपति सि चिनफिङसमेत उनीसँग रुष्ट भएको बताएका थिए। चीनले आफ्नो ७० औं राष्ट्रिय दिवस मनाउँदैछ। क्यारीलामलाई चीनमा हुने कार्यक्रममा निम्तो दिइएको छैन।

अर्का एक महिला सहभागीले आफूहरुले हङकङमा शान्ति र स्थायित्व चाहेको बताउँदै अनावश्यक ससरकारी नीतिको जहिल्यै विरोध गर्ने बताइन्।

यस्तै अन्य सहभागीको आलोचनाको घेरमा समेत क्यारी लाम परेकी थिइन्। २० लाख नागरिकको भावना नबुझ्ने नेताले १५० जनाको धारणा सुनेर के गर्ने? भनेर केहीले प्रश्न गरेका थिए।

कार्यक्रमको अयोजना भइरहँदा भने क्वीन इलिजावेथ स्टेडियम बाहिर दर्जनौ मानिसले आफ्नौ पाँचवटै माग पुरा हुनुपर्ने बताउँदै नारा लगाएका थिए।

हङकङमा सरकारले सुपुर्दगी विधेयकलाई पारित गर्ने प्रयास गरेपछि हङकङबासीले लामो समयदेखि प्रदर्शन गरिरहेका छन्। १६ हप्तायता त्यहाँ सरकार विरोधी प्रदर्शन जारी छ।

आन्दोलन हिंस्रक बन्दै गएपछि केही समय अगाडिमात्र हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विधेयक फिर्ता लिएकी थिइन्।

यद्यपी आन्दोलनकारीको माग क्यारी लामको राजीनामा र हङकङ थप स्वतन्त्र हुनुपर्ने भएपछि प्रदर्शन रोकिन सकेको छैन।

लामाले सर्वसाधारणको विचार सुन्ने, नागरिकसँग छलफल गर्ने कार्यक्रम गर्ने भने पनि मानिसहरुले त्यो विषय मानिरहेका छैनन्।

लामले समुदाय संवाद सर्वसाधारणको गुनासो सुन्न र त्यसअनुसार समस्या सुल्झाउन आयोजना गरेको बताएकी छिन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .