वेलायतको म्यानचेस्टर शहरस्थित बामफोर्डमा यसै हप्ताको मंगलबार राति चार डाकाहरु एक व्यापारीको घरमा पस्छन्।
घरजग्गा सम्बन्धी व्यापारी ३५ वर्षका आसिफ अलिले राति ९ बजेर १५ मिनेटमा डाकाहरु घरमा पसेको देखेपछि उनी खाली हात उनीहरुसँग भिड्न जान्छन्।
सिसिटिभी फुटेजमा देखिएको दृश्यमा अलिले चार जना हतियारधारी डाकाको समूहसँग एक्लैले भिडेको देख्न सकिन्छ।
पालै पालो ४ जनालाई मुक्काले हानेर घर बाहिर निकाल्न सफल अलिको घरमा उनीहरु लगातार छिर्ने प्रयास गरेपछि उनले किचनमा गएर दुईवटा चक्कु ल्याउँछन्।
त्यसपछि भने डाकाहरु फरार हुन्छन्। भिडियोमा अलिकी श्रीमतीले प्रहरीलाई फोनमार्फत् खबर गर्ने प्रयास गरेको देखिन्छ।
अलिले डेलीमेललाई भने,‘मलाई आफूभन्दा बढी श्रीमतीको सुरक्षाको चिन्ता थियो।’
(भिडियो)
प्रतिक्रिया