कारोबार


एनआईसी एशिया बैंकका खातावालालाई बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकका खातावालालाई बीमा रकम भुक्तानी

नेपालखबर
असोज ८, २०७६ बुधबार १४:४१,

एन आई सी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावाललाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ।

जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन भएका कारण खातावालकी श्रीमती रन सुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम रु चार लाख ९१ हजार दुई सय ५३ रुपैयाँ भुक्तानी गरिएको छ।

यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई रु २६ हजार पाँच सय १९, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई रु ६७ हजार ९ सय ३३, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई रु ५९ हजार ९ सय ४, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई रु १० हजार ४ सय ३९ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई रु २८ हजार ७ सय ५० रकम भुक्तानी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad