खेल


कर्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित

कर्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित

नेपालखबर
असोज ८, २०७६ बुधबार १४:३१,

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित ‘अन्नपूर्ण पोष्ट कार्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट’ मा कामना सेवा विकास बैंकले एकल र संयुक्त दुवैतर्फ जित हासिल गरेको छ।

यहि असोज ६ देखि १२ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा एकल तर्फ कामना सेवा विकास बैंकका दीप शाखाका शाखा प्रमुख विशाल खड्का र संयुक्त तर्फ विशाल खड्का एवं विश्वास नेपालले जित हासिल गरे।

प्रतियोगिताका हाल सम्मका ६ वटै संस्करणमा विजेता रहेका विशालले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१–१२ र २१–१३ को सजिलो सेटमा पराजित गर्न सफल भए। विजेता कर्मचारीलाई कामना सेवा विकास बैंकले केन्द्रिय कार्यालय ज्ञानेश्वरमा बधाई सहित सम्मान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad