नेपाल प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–९ ‘एभरेष्ट होलिडे इन होटल’बाट अवैध हातहतियारसहित चार जनालाई आज बिहान पक्राउ गरेको हो। पक्राउपर्नेमा उदयपुरका भीम सुर्खेती, सिन्धुलीका भीमबहादुर माझी, प्रदीप माझी र लोकेन्द्रबहादुर आले रहेका छन्।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले होटलको ४०४ नम्बर कोठाबाट हतियारसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले पक्राउ परेकासँग एक पेस्तोल, एक म्यागजिन र छ राउण्ड गोली बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया