कारोबार


दशैँमा दैनिक ५ हजार खसिबोका चाहिने

दशैँमा दैनिक ५ हजार खसिबोका चाहिने

नेपालखबर
असोज ८, २०७६ बुधबार १३:२६,

कृषि तथा पशुपन्छी विकास अनुसार हाल उपत्यका तथा मुख्य सहरहरुमा औसत २५.३० केजीको खसीबोकाको माग संख्या प्रतिदिन १ हजार ८ सय ४० रहेको छ। दशैंको ७ दिन काठमाडौं उपत्यकामा लगायत मुख्य शहरहरुको औसत माग प्रतिदिन ५००० पुग्ने अनुमान अनुसार वर्षभरी मासुका लागि आवश्यक खसी/बोकाको संख्या करिब ५०,००० हुन आउने मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ।

बिगत वर्षहरुको तथ्यांक बिश्लेषणबाट मुख्य चाडबाडको दश दिनमा आवश्यक माग ५००० मध्ये २५०० खसीबोका काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको पशु सेवा विभागका महानिर्देशक डा बंशी शर्माले बताए। यस हिसाबले काठमाडौं उपत्यका लगायत मुख्य शहरहरुमा दशैंको ७ दिन र अन्य चाडको मुख्य दिनमा खसी, बोका र च्याङ्ग्राको कुल माग संख्या ५० हजार (२५ देखि ३० केजी प्रति जनावर ज्यूदो तौल) हुन्छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रमुख चाड लक्षित पशुपन्छी तथा पशुजन्य उत्पादनको आपूर्ति, गुणस्तर नियमन तथा बजार अनुगमन योजना, २०७६ अनुसार, ‘हेफर इन्टरनेशनलसँग आवद्ध सहकारीमार्फत ५ हजार, बाख्रा व्यवसायी महासंघ मार्फत १३ हजार, खसी बोका व्यवसायीमार्फत १५ हजार, खाद्य संस्थानमार्फत २५००, खसीबोका र संस्थान एवं व्यापारीमार्फत १० हजार ५ सय च्यांग्रा र स्थानीय व्यापारी मार्फत पोखराका लागि ५ हजार च्यांग्रा गरी कुल ५१ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने कार्य योजना बनाई लागू गरिएको महानिर्देशक शर्माको भनाई छ। यो संख्या मागभन्दा एक हजार बढी हो।

यसअघि उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी र स्वदेशी उत्पादनलाई जोड दिँदै मन्त्री खनालले निरोगिताको प्रमााण पत्र विना भारतबाट खसी बोका आयातमा प्रतिवन्ध लगाएका थिए। जसका कारण भारतबाट खसीबोका आयात ठप्प भएकोमा हालसालै नेपालमा भारतीय मत्स्यपालन, पशुपालन तथा डेरी मन्त्रालयबाट जारी निरोगिताको प्रमाणपत्र, क्वारेन्टाइन प्रमाणपत्र सहित खोप लागेका, ट्याग नम्बर सहितका खसीबोकाहरु प्रकृयागत रुपमा कर तिरि नेपाल भित्रिने क्रमको सुरुवात भएको पशु क्वारेन्टाइनका उपमहानिर्देशक सम्झनाकुमारी काफ्लेले जानकारी दिइन्। गत सोमबार मात्र यसरी १५० खसीबोका कपिलबस्तु नाकाबाट बाँकेको एम एस सप्लायर्सले भित्र्याएको काफ्लेको भनाई छ।

त्यस्तै काठमाडौं उपत्याका, अन्य ठूला शहर र साना हाटबजारमा दैनिक दुई दुई सयका दरले ६ सय राँगामैसीको मासु खपत हुने गरेको छ। यो संख्या वार्षिक २ लाख १९ हजार हुन्छ। मन्त्रालयको तथ्यांकअनुसार त्यसमध्ये २ लाख ८ सय राँगाभैसीको माग नेपालकै उत्पादनले धान्ने देखिेएको छ।

अस्वभाविक मूल्य बृद्धि किन?

दशै तिहार नजिकिएसँगै खसीबोकाको मूल्य आकासिएको गुनासो उपभोक्ताले गरेका छन्। एक किलो खसीको मूल्य १३ सयदेखि १५ सयसम्म पुगेको गुनासो उपभोत्ताहरुको छ। भारतबाट खसीबोका आयात नभएको र चार्डवार्डले च्याप्दै लगेपछि व्यापारीहरुले मिलोमतोमा मूल्य बृद्धि गरेका छन्। तर यसरी मूल्य बृद्धि गर्नु पर्ने जायज कारण र अवस्था नभएको पशु सेवा विभागका महानिर्देशक डा शर्मा बताउँछिन्।

महानिर्देशक शर्माका अनुसार व्यापारीले किसानबाट प्रतिकिलो जिउँदो खसी ३५०–४५० रुपैयाँमा खरिद गरी ढुवानी गरिएका खसीबोका काठमाडौंमा ६००–६८० रुपैंया प्रति केजीमा बिक्री बितरण भई रहेको सन्दर्भमा हाल उपभोक्ताले तिर्नु परेको तयारी मासुको मुल्य स्वभाविक र न्यायोचित देखिँदैन।

यस सन्दर्भमा उपभोक्तासम्म पुग्ने मासुको स्वस्थता र गुणस्तर नियमनका साथै प्रभावकारी बजार अनुगमनका लागि जनशक्ति सहित आवश्यक व्यवस्थापन गर्न मन्त्रालयका सचिव प्रकाश माथेमाले निर्देशन दिएको मन्त्रालयले जनाएको छ। बजार अनुगमन र नियमन गर्ने अधिकार आपूर्ति व्यवस्था विभागलाई भएकोमा मुल्यबृद्धि नियन्त्रण हुन सकेको देखिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad