कारोबार


ओपोद्वारा नेपालमा ए-सिरिज २०२० सार्वजनिक

ओपोद्वारा नेपालमा ए-सिरिज २०२० सार्वजनिक

नेपालखबर
असोज ८, २०७६ बुधबार १३:१,

वैश्विकरुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा ओपो ए सिरिज २०२० आज आधिकारिकरुपमा सार्वजनिक गरेको छ।

ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यम वर्गिय स्मार्टफोन बजारका लागि ब्राण्डको नयाँ भेट हो। उच्च गुणस्तर र मितब्ययी मूल्यको समायोजनका साथै, उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्रीका साथमा ए सिरिज जेनरेशन जी यूवाका लागि अपरिहार्य उपकरणका रुपमा रहिरहने देखिन्छ।

‘नयाँ दशकको शुरुवातको महोत्सवका रुपमा हामीले यी दूई ह्याण्डसेटलाई ओपो ए सिरिज २०२० नाम दिएका छौँ। साथै, पछिल्लो दशकमा ए सिरिजले प्राप्त गरेको सफलता मनाउने र नयाँ पुस्ताका मोबाइल प्रयोगकर्तालाई स्वागत गर्नुपनि यसको मूल उद्देश्य हो।’, ओपो नेपालका कार्यकारी अधिकृत बबी ट्राओले भने , ‘नयाँ नामले आउने दशकका लागि हाम्रो भिजनको प्रतिनिधित्वपनि गर्छ। यसले ब्राण्डका अत्याधुनिक प्रविधिहरु, आकर्षक डिजाइन, उत्कृष्ट फोटोग्राफी, शक्तिशाली कार्यक्षमताको प्रतिनिधित्व गर्नुका साथै अझ सटिकरुपमा नयाँ पुस्ताका मागको सम्बोधनपनि गर्छ।’ ए सिरिज २०२० अन्तर्गतका यी दूई नयाँ मोडलले ओपोका लागि पछिल्ला संस्करणका तुलनामा अझ बढी सम्भावनाका ढोकाहरु समेत खुल्ला गरिदिएको छ।

ओपो ए सिरिज २०२०ले प्रयोगकर्तालाई यसमा रहेको बहुउपयोगी ४८एमपी क्वाड क्यामेरा मार्फत आफुमा निहित रचनात्मकता जागृत गराउन अभिप्रेरित गर्छ र ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले लामो समयसम्मको निरन्तर प्रयोगका लागि सघाउँछ । नयाँ फोनले अदृतिय मनोरञ्जन प्रदान गर्दै दैनिक तनाव कम गर्न सघाउँदै जीवनका अनेक सम्भावना नियाल्न मद्दत गर्छ।

अत्याधुनिक क्यामेरा प्रविधि

ओपो एनाइन २०२०मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपी मुख्य क्यामेरा + ८एमपी अल्ट्रा(वाइड लेन्स + २एमपी मोनो लेन्स + २ एमपी पोट्रेट लेन्स उपलब्ध गरिएको छ। त्यसैगरी, ओपो एफाइभ २०२०मा पनि कम्पनीले बहुउपयोगी क्वाड क्यामेरा सेटअप दिएको छ। तर यसमा भने, १२एमपी मुख्य क्यामेरा जडान गरिएको छ। यिनले प्रयोगकर्ताका हरेक शुटिङ एंगल्स तथा सिनेरियोको आवश्यकता अल्ट्रा नाइट मोड २.० र आर्टिस्टिक पोट्रेट स्टाइल्सको समग्र विकल्पका माध्यमबाट समाधान उपलब्ध गराउँछ।

एनाइन २०२०मा रहेको ४८एमपी प्रमुख लेन्सले उच्च रेजोल्यूशनका साथमा तस्विरको स्पष्टतामा सुधार दिँदै विस्तृत र गुणस्तरिय तस्विर लिन सघाउँछ। ८एमपी ११९डिग्री अल्ट्रा वाइड एंगल लेन्सले तस्विरको समायोजन र अभिब्यक्ति मार्फत विविधता दिनुका साथै साना स्थानमा समेत ठूला शट्स लिन सघाउँछ। मोनो लेन्स र पाट्रेट लेन्सले प्रयोगकर्तालाई पोटे«ट शट्समा रेट्रो, ग्रेनी र एट्मोस्फेरिक फिल्टर्स लगायतको प्रयोग गर्ने सुविधा मार्फत पृथक तस्विर खिच्ने सुविधा दिन्छ।

अल्ट्रा नाइट मोड २.०ले न्वाइज रिडक्सनको सुनिश्चितता दिन्छ। साथै, एचडीआर र मल्टि(फ्रेम प्रविधिले प्रयोगकर्तालाई रातको समयमा समेत उज्याला तस्विर खिच्ने सुविधा प्रदान गर्छ। यसो गर्दा मानिसका लागि छुट्टै प्रक्रिया अपनाइने हुँदा तस्विरमा मानिसका अनुहार चहकिला र अझ विस्तृत देखिन्छ। अल्ट्रा नाइट मोड २.०को प्रयोग अल्ट्रा वाइड एंगल फोटो लिनका लागि समेत प्रयोग गर्न सकिन्छ।

एनाइन २०२०मा १६एमपी सेल्फी क्योमरा उपलब्ध गरिएको छ र एफाइभ २०२०मा ८एमपी सेल्फी क्यामेरा। दुबैमा कम्पनीले टेलर मेड सेल्फीका लागि एआई ब्यूटिफिकेशन प्रविधि दिएको छ। यसले फरक फरक बजारमा रहेका फरक फरक ब्यूटी ट्रेण्डका लागि समाधान उपलब्ध गराउँछ। यो प्रविधिले स्वचालितरुपमा स्किन टोन, लिंग, उमेर, रंग लगायतको पहिचान गर्छ। अनुकूलित ब्यूटिफिकेशनका लागि यसले प्रयोगकर्ता छुट्याउने क्षमता समेत राख्छ। परिमार्जित र परिस्कृत नयाँ अल्गोरिथम मार्फत यसले मेकअफ फ्रि लुक्सका साथमा आकर्षक र गुणस्तरिय तस्विर लिन सघाउँछ।

उपभोक्ताको उच्च गुणस्तरिय एक्सन भिडियोका लागि बढ्दो मागको सम्बोधन गर्न यसपटक कम्पनीले ब्यूल्ट(इन गायरोस्कोप सहित दूबै ह्याण्डसेटका लागि नयाँ स्टेबलाइजेसन प्रविधि उपलब्ध गराएको छ। यसले दौडिँदा, हिँड्दा, साइक्लिङ लगायत कार्य गरिरहँदा स्थिर भिडियो खिच्न सहजता प्रदान गर्छ। साथै, छोटा भिडियो क्लिपको यो जमानामा सहजताका साथ बटन क्लिक गरेकै भरमा आकर्षक कन्टेन्ट निर्माणमा सघाउने सोचका साथ यसमा सुधारिएका भिडियो फिल्टर्सपनि उपलब्ध गरिएका छन्।

आकर्षक र प्रयोग-मैत्री ईन्टेलिजेन्ट डिजाइन

ओपो ए सिरिज २०२०मा आकर्षक लुक्स र सुदृढ प्रयोग अनुभवका लागि पछिल्ला संस्करणका तुलनामा ३१.४ प्रतिशतले कम क्षेत्रफल ओगट्ने नयाँ कम्प्याक्ट वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ। यसमा रहेको ६.५ ईञ्चको फुल स्क्रिनमा ८९% स्क्रिन टू बडी रेसियाका साथमा कोर्निङ गोरिल्ला ग्लास थ्री+को प्रयोग गरिएको छ। यो तेस्रो पुस्ताका गोरिल्ला ग्लासको तुलनमा थप कडा हुनुका साथै अझ बढी सुरक्षा प्रदान गर्छ। यसमा रहेको सनलाइट स्क्रिनले स्क्रिन प्रत्यक्ष सुर्यको प्रकासमा समेत रिडेबिलिटी बढाउनुका साथै कम वा अत्यधिक प्रकास भएका स्थानमा समेत उत्कृष्ट रंग फाल्ने क्षमता राख्छ। साथै यसमा रहेको ब्ल्यू लाइट फिल्टरले केही हदसम्म प्रयोगकर्ताको आँखालाई सुरक्षा समेत प्रदान गर्छ।

अझ भाइब्रेण्ट आकर्षक लुक्सका लागि ओपो एनाइन २०२०मा थ्रीडी ग्राडियण्ट डिजाएनको प्रयोग गरिएको छ। यसको निर्माणमा ४ कभ्र्ड थ्रीडी शिट्सको प्रयोग गरिएको छ। यसले गर्दा फोन पातलो देखिनुका साथै हातमा समाउँदा आरामदायी ग्रिपपनि प्रदान गर्छ। फोनमा प्रयोग गरिएका नानो स्केल प्याटन्र्सका कारण फरक कोण र भिन्न भिन्न प्रकासमा यसले मल्टि टोन्ड, ¥याडियन्ट कलरिङ फाल्छ।

अदृतिय प्रयोग अनुभव र कार्य क्षमताका लागि हार्डवेयर र सफ्टवेयरको समायोजन

१९ घण्टा लगातार प्रयोग गर्न सकिने ५ हजारएमएएच क्षमताको ब्याट्री फोनमा उपलब्ध गरिएको छ। यसमा रहेको ब्याट्रीले रिभर्स चार्जिङ समेत सपोर्ट गर्छ।
अडियोका लागि ओपो ए सिरिज २०२०२मा उच्च भोल्यूम र सुदृढ आवाजको गुणस्तर सहित डुअल स्पिकर जडान गरिएका छन्। उत्कृष्ट आवाजको गुणस्तर, रोमाञ्चक गेमिङ अनुभव लगायतका लागि फोनमा डल्बी एट्मस साउण्ड ईफेक्टको प्रयोग गरिएको छ।

ओपो ए सिरिज २०२०मा शक्तिशाली कार्यक्षमताका लागि ८ कोर ६४ बिट प्रोसेसरका साथमा क्वालकम स्न्यापड्रागन ६६५ प्ल्याटफर्म दिइएको छ। स्न्यापड्रागन ४५० प्रयोग गरिएको पछिल्लो एसेवेनका तुलनामा एनाइन २०२०को सीपीयूमा ४० प्रतिशत सुदृढ छ भने यसको जीपीयूमा १०० प्रतिशत सुधार दिइएको छ।

विशेषगरी गेमिङ अनुभवको कुरा गर्दा फोनमा दिइएको गेम बुस्ट २.० एक्सिलिरेटर प्रविधिले सुदृढ फ्रेम बुस्ट र टच बुस्ट दिन्छ। यसले गर्दा प्रयोगकर्ताले लाइटनिङ फास्ट गेम प्ले रेस्पोन्स पाउँछन्। फलतः टच स्क्रिनका कारण हुने ढिलाइको समस्याको समाधान हुनुका साथै समग्र गेमिङ अनुभवमै सुधार आउँछ। फ्रेम बुस्टले रियल टाइम मोनिटरिङ गर्दै गेम ल्यागमा सुधार ल्याउँछ। साथै, यसले फोट तात्ने, अत्यधिक उर्जाको खपत लगायत समस्यामा समेत सुधार दिन्छ । त्यसैगरी, यसमा रहेको टच बुस्टले गेमिङका दौरान टचस्क्रिनको प्रतिक्रिया तिब्रता प्रदान गर्छ। साथै, टचस्क्रिनको प्रतिक्रियात्मक क्षमतामा बृद्धि गराइ यसले फोन तिब्र र सटिक कार्यक्षमता भएको अनुभव प्रदान गर्छ।

फोनहरुमा एण्ड्रोइड ९.०मा आधारित कलरओएस ६को प्रयोग गरिएको छ। यसले ताजा दृष्यानुभुति दिनुका साथै लामो समयसम्मको निरन्तर प्रयोग गर्दा समेत आरामदायी अनुभव प्रदान गर्छ। फोनमा फिंगरप्रिन्ट र फेसियल अनलक जस्ता आकर्षक फिचरपनि उपलब्ध छन्। यस सञ्चालन प्रणालीमा स्मार्ट एसिस्ट्यान्ट, राइडिङ मोड, म्यूजिक पार्टी र गेस्चर न्याभिगेसन जस्ता स्मार्ट फञ्सन्सपनि दिइएका छन्। यसले प्रयोगकर्तालाई सहजताको अनुभूति दिनुका साथै, सुरक्षा र समग्र फोनको क्षमतामा बढोत्तरीको अनुभव प्रदान गर्छ।

फोनमा जीवनका सुन्दर सम्झनाहरु सञ्चयका दौरान स्पेसका कारण कुनै समस्या नआओस् भन्ने सोचका साथ १२८जीबी उच्च मेमोरी क्षमता र २ सय ५६ जीबी मेमोरी सपोर्ट गर्ने थ्री(कार्ड (डुअल सिम + माइक्रोएसडी) स्लट पनि उपलब्ध छ।

विक्रि सम्बन्धि जानकारी
८ जीबी -याम र १ सय २८ जीबी रोम सहितको ओपो एनाइन २०२०, मरिन ग्रिन र स्पेस पर्पल रंगमा अक्टोबर १ देखि नेपालभरका प्रमुख विक्रि केन्द्रमा उपलब्ध हुनेछ। यसको बजार मूल्य रु. ३५ हजार ९ सय ९० निर्धारण गरिएको छ।

मूल्य रु. २७ हजार ९ सय ९० निर्धारण गरिएको ४ जीबी -याम र १ सय २८ जीबी रोम सहितको ओपो एफाइभ २०२०, मिरर ब्ल्याक र ड्याजलिङ ह्वाइट रंगमा सेप्टेम्बर २४ देखि नै नेपालभरका प्रमुख विक्रि केन्द्र मार्फत उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .