अटो


यामाहाले ल्यायो एक्सेञ्ज एण्ड अपग्रेड योजना

यामाहाले ल्यायो एक्सेञ्ज एण्ड अपग्रेड योजना

नेपालखबर
असोज ८, २०७६ बुधबार १४:६,

अन्तर्राष्ट्रिय जगतमा टू–ह्वीलरको बजारमा तहल्का मच्चाउँदै आएको सर्वाधिक रुचाइएको बाइक यामाहाको नेपाल स्थित एकमात्र आधिकारिक वितरक मोरङ अटो वक्र्सले बडा दशैँको चहलपहल शुरु भएसँगै यामाहाको एक नयाँ योजना एक्सेञ्ज एण्ड अपग्रेड योजना अघि सारेको छ।

यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजना अन्तर्गत यामाहा बाइकसँग जुनै ब्राण्डको प्रयोगमा आइसकेका बाइकहरु साट्न सकिनेछ र यामाहासँगै आफ्नो स्टाइल स्तरोन्नति गर्ने अवसर प्राप्त हुनेछ। देशभर छरिएर रहेका सबै यामाहा शोरुमहरुमा यो योजना यही असोज ६ गतेदेखि प्रारम्भ भई असोज १३ गतेसम्म लागू गरिएको व्यहोरा अवगत गराइन्छ।

‘दशैं हाम्रो घर आँगनमै आइसकेको छ र दशैं एक पर्वमात्र नभई आफ्नो जीवनस्तर बदल्ने अवसर पनि हो। यसैले हामीले सबै बाइकप्रेमीहरुलाई वहाँहरुको जीवनस्तर बदल्ने चाहनामा साथ दिन यो योजना अघि सारेका हौंँ। हामीलाई विश्वास छ स्टाइलिस, माइलेजको गुरु, मजबुत एवं हर तरहको लागि उपयुक्त यामाहासँग जोडिन आतुर आजका युवाहरुलाई यस योजनाले ऊर्जा प्रदान गर्नेछ’ योजनाका सम्बन्धमा प्रकाश पार्दै एमएडब्लुका बजार व्यवस्थापक बिक्रम शर्मा पौडेलले भने।

यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजना एक यस्तो स्वर्णिम योजना हो, जसमा पुराना जुनै ब्राण्डका टू–ह्वीलरहरुको न्यूनतम मुल्यांकन नै रु.३०,०००/- भन्दा कम हुने छैन साथै प्रचलित बजार मुल्यभन्दा रु.१५,०००/-थप गरेर मुल्यांकन गरिनेछ। यतिमात्र नभई यामाहा बाइक खरीदमा रु७,०००/- देखि रु.१ लाखसम्मको नगद छुट, सामानहरु सित्तैमा तथा शोरुम मै फाइनान्स सुविधा समेत प्रदान गरिनेछ।

युवाहरुमा यामाहा रोडिज सिजन ३ को ज्वरो चढिरहेको समयमा यामाहाको यो योजनाले युवाहरुलाई अझ तताउने विश्वास कम्पनीले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad