ad ad

कारोबार


अपर नौगाड जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु

अपर नौगाड जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु

नेपालखबर
असोज ७, २०७६ मंगलबार १०:३५,

अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना आठ मेगावाटको निर्माण सम्पन्न गरी सोमबारदेखि सफल परीक्षण कार्य भएको छ।

परीक्षण प्रसारण पूरा गरी यो आयोजनाले १० गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने कम्पनीले जनाएको छ। २०७३ असोज १२ मा विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको आयोजनाको कुल लागत १ अर्ब ६० करोड रहेको छ। यस आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत् उत्पादन गर्ने अनुमान छ।

यसमध्ये सुख्खा महिनामा १.१४ करोड र वर्षातका चार महिनामा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ। यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा प्रवाह भई जानेछ।

यसबाट सुदूरपश्चिम प्रदेशमा भरपर्दो विद्युत् आपूर्ति हुने विश्वास कम्पनीले लिएको छ।

Power House upper naugad 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .