बैंक अफ काठमाण्डूका तत्कालीन सीइओ अजय श्रेष्ठसहित छ जना कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
खोलाको जग्गा धितोमा बैंकले ऋण प्रवाह गरेको अभियोगमा ऋणी, बैंकका सीइओ, कर्मचारी र भ्यालुएटरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उनीहरु संलग्न देखिएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले पूर्वसीइओसहित तीन जना पूर्वकर्मचारी र उक्त ऋण प्रक्रियामा सहभागी तीन जना बहालवाला कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा शुष्मा शाह, बिक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी छन्।
झापाका एक ऋणी सुरेन्द्र श्रेष्ठले झापाको बिरिङ खोलाभित्र पर्ने जग्गाको नक्कली धनीपुर्जा सन् २०१५ मा बैंक अफ काठमाण्डूबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए।
प्रतिक्रिया