कारोबार


आरुको सलाद बेच्ने ‘स्वीटग्रीन’को सफलताः ९० शाखा, एक खर्ब सम्पत्ति

आरुको सलाद बेच्ने ‘स्वीटग्रीन’को सफलताः ९० शाखा, एक खर्ब सम्पत्ति

एन्ड्रिनी विलियम्स
भदौ २९, २०७६ आइतबार १४:४,

तीन जना कलेज विद्यार्थीले स्वस्थ खाना किन्न नपाएपछि एउटा प्रण गरे, आफैँ रेष्टुराँ खोल्ने। यो सन् २००७ को कुरा हो। त्यतिबेला जर्जटाउन विश्वविद्यालयका विद्यार्थी निकोलस जामेट, जोनाथन नेम्यान र नाथानी रु वासिङटनस्थित जर्जटाउन विश्वविद्यालयमा व्यापार विषयका विद्यार्थी थिए।

यो त्यो बेलाको कुरा हो जति बेला अमेरिकामा स्वादिलो, स्वस्थकर र लोकप्रिय खाना सामान्य व्यक्तिले खरिद गर्न सक्दैनथे। निकोलस भन्छन्, ‘हामीले बुझ्नै सकिरहेका थिएनौँ किन त्यहाँ अरु विकल्प छैनन्?’

तीनै जनालाई रेस्टुराँ व्यवसायबारे धेरै जानकारी थिएन। उनीहरु सन् २००६ को अक्टोबरमा ग्रेजुएट हुँदै थिए। २२ वर्ष उमेरका तीन जनाले कलेज छात्रावासमै व्यापार योजना बनाए।

sweet green1स्वीटग्रीनमा उपलब्ध हुने खाना परिकार।

उनीहरुको योजनाको रेष्टुराँमा चिसो र तातो सलाद उपलब्ध हुन्थ्यो, ओभन रोस्टेट फलफूलहरु हुन्थे। त्यसका लागि चाहिने फलफूलहरु कहाँबाट ल्याउने त? उनीहरुले केही फरक गर्न चाहे- सुपरमार्केटबाट हैन, सिधै किसानले खेती गर्ने ठाउँबाटै खरिद गर्ने। जुन ताजा हुन्थ्यो र स्वथकर पनि।

सन् २००७ को गृष्मयाममा तीनै जनाको स्नातकको पढाइ पूरा भयो। उनीहरुले तीन लाख डलर आफ्ना साथीसँगी र परिवारबाट जुटाए। त्यही वर्षको अगस्टमा जर्ज टाउनमा एउटा रेष्टुराँको खुल्यो। त्यसको नाम ‘स्वीटग्रीन’ थियो।

तीन अल्लारे विद्यार्थीले कलेज क्यान्टिनमा बनाएका योजनाबाट सुरु भएको यो रेष्टुराँ अहिले अमेरिकाको सबैभन्दा तीब्र विस्तार भइरहेको चेन रेष्टुराँ हो।

निकोलस भन्छन्, ‘मेरो जब टाइटल नै चिफ कन्सेप्ट अफिसर थियो। पहिलो दिन निकै सुस्त व्यापार भयो तर हामी भने हाम्रो व्यवसाय परीक्षण गरिरहेका थियौँ, यस अर्थमा हामी निकै व्यस्त भयौँ र विस्तारै अघि बढ्दै गयौँ।’

अहिले स्वीटग्रीनमा प्रमुख कार्यकारीको भूमिकामा जोनाथन छन्। ‘हाम्रो योजना केवल एउटा रेष्टुराँ चलाउने थियो, यो नै हाम्रो करिअर होला भन्ने त कल्पनासम्म पनि गरेका थिएनौँ’, उनी भन्छन्।

‘हामीले यस क्षेत्रमा देखेको समस्याको समाधान गर्ने उपयुक्त माध्यम नै यही हो भन्ने लाग्यो’, उनी भन्छन्, ‘त्यहाँ स्वस्थ खानाको यति माग थियो कि हामी एउटा रेस्टुराँ खोलेर त्यसको समाधान गर्छौँ।’

पहिलो आउटेलट नै लोकप्रिय भयो। ग्राहकको भीड लाग्न थाल्यो। मानिसहरु गल्लीमा क्यु बसेर उनीहरुको रेस्टुरेन्ट धाउनथाले। त्यसपछि तीनै जनालाई केही राम्रो व्यवसाय गरिएछ भन्ने अनुभूति भयो। त्यसपछि उनीहरुले स्वीटग्रीनमा अझ ध्यान दिन थाले। थप शाखा खोल्ने प्रयास थाले तर त्यसका लागि त्यही लगानी आवश्यक पथ्र्यो। जुन त्यतिबेला सहजै पाउन सकिँदैनथ्यो।

sweet green2स्वीटग्रीन आउटलेट।

‘मानिसहरुलाई बुझाएर स्वीटग्रीनमा लगानी गराउन धेरै वर्ष लाग्यो’, जोनाथन भन्छन्, ‘हामीसँग यसअघिको व्यावसायिक रेकर्ड पनि थिएन, हामी त केवल अल्लारे विद्यार्थी न थियौँ!’

सुरुवाती दिनमा उनीहरुलाई मानिसहरुले यिनीहरु पहिलो वर्षमै असफल हुन्छन् र डुब्छन् भन्ने सोच्थे। तर त्यस्तो भएन। स्वीटग्रीनको स्वस्थ फास्टफुडले हाइप्रोफाइल उद्यमीहरुको वर्षौंदेखिको व्यवसायलाई धक्का दिन थाल्यो। वाल्टर रबको होलफुड, अर्बपति लगानीकर्ता स्टिभ केस र फ्रेन्च सेफ डेनियल बाउलुडको व्यवसायलाई असर पारिदियो।

त्यसपछि वासिङटनमा आउटलेटहरु थपिए। अहिले अमेरिकाका प्रमुख सहरहरुमा स्वीटग्रीनका ९० शाखा खुलिसकेका छन्। यही वर्ष २० वटा शाखा खुल्दैछन्। ती शाखामा मात्रै कम्पनीले ३६ करोड ५० लाख डलर लगानी गरेको छ। ३ हजार ५ सय जनाभन्दा धेरैलाई रोजगारी दिएको छ।

किसानले उत्पादन गरेका स्वस्थकर उत्पादनबाट मात्र व्यवसाय विस्तार गर्न प्रतिबद्ध रहेको निकोलसको भनाइ छ। यो रेस्टुराँको चर्चित परिकार भनेको पिच अर्थात् आरुको सलाद हो। तर एक वर्ष अमेरिकी आरुबाली मौसमी प्रतिकूलताले राम्रो नभएपछि स्वीटग्रीनले दक्षिण अमेरिकाबाट ल्याएर पनि व्यवसाय गर्‍यो। यसबाट समेत कम्पनीलाई घाटा नभएको उनीहरु बताउँछन्।

अहिलेसम्म कम्पनीले आफ्नो वार्षिक कारोबार सार्वजनिक गरेको छैन। एक जना अमेरिकी रेस्टुराँ कन्सल्ट्यान्ट आरोन एलनले सबै शाखाबाट रेष्टुराँको मासिक करिब १२ करोड अमेरिकी डलरको कारोबार हुनसक्ने अनुमान गर्छन्। कम्पनीसँग करिब १ अर्ब डलर (एक खर्ब रूपैयाँ) भन्दा बढीको सम्पत्ति पुगेको छ। उनका अनुसार स्वीटग्रीनले ग्राहकको चाहना पूर्ति गरेकै कारण यसको लोकप्रियता बढेको हो। एलन भन्छन्, ‘मानिसहरु स्वास्थ्यप्रति सचेत हुँदै गएका छन्। स्वस्थकर खानाको खोजीले स्वीटग्रीनको लोकप्रियता बढाउँदै लगेको छ।’ (बीबीसीबाट अनुवाद)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad