ad ad

कारोबार


भारतीय अर्थव्यवस्था ज्यादै कमजोर तर चीनको भन्दा राम्रोः अन्तर्राष्ट्रिय मुद्रा कोष

भारतीय अर्थव्यवस्था ज्यादै कमजोर तर चीनको भन्दा राम्रोः अन्तर्राष्ट्रिय मुद्रा कोष

नेपालखबर
भदौ २८, २०७६ शनिबार ७:४५,

अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले भारतीय अर्थव्यवस्थाको वृद्धिदर अनुमानित भन्दा कम भएको बताएको छ।

भारतीय अर्थव्यवस्था कमजोर भए पनि चीनको भन्दा राम्रो भएको मुद्रा कोषको भनाइ रहेको छ।

आइएमएफका प्रवक्ता गेरी राइस भन्छन्,‘हामीले अनुमान गरेकोभन्दा भारतीय आर्थिक वृद्धिदर कमजोर भएको छ। गतवर्षको अप्रिल र जुन महिनामा भारतको विकास दर ८ प्रतिशत थियो। यसवर्ष अप्रिल र जुन महिनामा भारतको आर्थिक वृद्धिदर ५ प्रतिशत रहेको छ।’

आर्थिक वृद्धिदरमा गिरावट भएपनि भारतीय अर्थव्यवस्था चीनको भन्दा राम्रो भएको साथै चाँडै राम्रा आर्थिक नीतिका कारण भारत अर्थतन्त्र सबैभन्दा छिटो सुधार गर्ने मूलुक बन्ने गेरी राइसको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .