राजनीति


चितवनमा प्रचण्डले गरे पर्यटनमन्त्री भट्टराईको यस्तो प्रशंसा

चितवनमा प्रचण्डले गरे पर्यटनमन्त्री भट्टराईको यस्तो प्रशंसा

नेपालखबर
भदौ १८, २०७६ बुधबार १०:२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको खुलेरै प्रशंसा गरेका छन्।

गृहजिल्ला चितवनमा आयोजित भरतपुर विमानस्थल बिस्ता एवं सुधारका सम्बन्धमा सारोकारवालसँगको अन्तक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले मन्त्री भट्टराईले राष्ट्रिय कार्ययोजना प्रस्तुत गर्दा भरतपुर विमानस्थललाई पनि उल्लेख गरेकोमा धन्यावाद समेत दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मन्त्री भट्टराईले भरतपुर विमानस्थलको बिस्तार र सुधारमा खेलेको भूमिकाको खुलेरै प्रशंसा गरे।

उनले मन्त्री भट्ट्राईबाट चितवनले मात्र नभइ देशले नै आशा गरेको बताए। ‘योगेशजीबाट चितवनलेमात्र नभइ देशले नै आशा गरिरहेको जुन भावना यहाँका वक्ताहरुले व्यक्त गर्नुभएको छ, मेरो विचारमा पनि विल्कुल सही हिसावले ती भावना व्यक्त भएका छन्’, उनले भने, ‘यो पहलकदमी अगाडि बढ्ने कुरा र देशभरीको यो मन्त्रालय अन्तर्गत र सरकारका तर्फबाट पनि एउटा नयाँ सन्देश दिन उहाँलाई सफलता मिलोस्, शुभकामना।’

अध्यक्ष प्रचण्डले नेकपा नेतृत्वको सरकारलाई विकास र समृद्धिको नेतृत्व गर्ने अवसर प्राप्त भएको दावी गरे। उनले राजनीतिक अस्थिरत, अन्यौलता, द्वन्द्व देशले थेग्न नसक्ने बाताए।

उनले चितवनको विकासमा आफूहरु कुमार र योजनामा भन्दा पनि एक्नसमा जान चाहेको बताए।

 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad