कारोबार


आईएमईको पर्वलक्षित योजनाः दशैँमा डबलको डबल अफर!

आईएमईको पर्वलक्षित योजनाः दशैँमा डबलको डबल अफर!

नेपालखबर
भदौ १५, २०७६ आइतबार १२:३७,

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबल अफर सार्वजनिक गरेको छ। आजदेखि कात्तिक मसान्तसम्म कायम हुने गरी ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर आज राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

अफरअनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा)सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ।

अफर सार्वजनिक कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढ्ने विश्वास व्यक्त गरे। त्यस्तै आइएमईका ब्राण्ड एम्बासडर दीपक राज गिरीले आइएमई र आइएमईका सेवाग्राहीहरूबीचको प्रगाढ सम्बन्धले नै आइएमईलाई एक सफल व्यावसायिक ब्राण्ड बनाएको उल्लेख गर्दै यो दशैँमा आइएमईले ल्याएको खुसीलाई डबलको डबलको डबल गरौँ स्कीम त्यो सम्बन्धलाई थप प्रगाढ बनाउन सफल हुने विश्वास व्यक्त गरे।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ। सेवा र शर्तअनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत गरिनेछ। योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरू स्वतः सहभागी बन्न सक्नेछन्। आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यावसायिक साझेदार तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ।

सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ। छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ। योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ। योजनाको अद्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेबपेज, सामाजिक सञ्जाल पेज, आमसञ्चारमाध्यम, सहकार्यमा रहेका व्यावसायिक साझेदार, क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad