कला


नेपाल–बंगलादेश सांस्कृतिक कार्यक्रममा गुञ्जियो दुबै देशको राष्ट्रिय गान

नेपाल–बंगलादेश सांस्कृतिक कार्यक्रममा गुञ्जियो दुबै देशको राष्ट्रिय गान

नेपालखबर
भदौ १५, २०७६ आइतबार १२:४६,

काठमाडौंमा नेपाल बंगलादेश साहित्य एवं सांस्कृतिक उत्सव २०१९ को कार्यक्रम सम्पन्न भयो। साहित्यिक पत्रकार संघ र इन्टरनेसनल ट्रान्सक्रिएसन सोसाइटीको संयुक्त आयोजनामा बङलादेशबाट आएका विभिन्न ३५ जना साहित्यकार, कलाकार, पत्रकार, बुद्धिजीवीहरुलाई इन्टरनेसनल अवार्डबाट सम्मानित गरिएको थियो।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममासांसद सुजाता परियार, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभू घिमिरे, प्राज्ञ डा. उषा ठाकुर, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठकलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल र बङलादेसका राष्ट्रिय गीतहरु गाइएको थियो। यसैगरी कलाकार मेनका लामाले बज्रनृत्य चर्चित गायिकाहरु कल्पना दाहाल र कमला रिसाल र बङगला गायिकाहरुले विभिन्न गीतहरु गाएका थिए।

इन्टरनेसनल ट्रान्सक्रिएसन सोसाइटीका अध्यक्ष राजेन्द्र गुरागाईले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पारेका थिए भने महासचिव रिसवदेव घिमिरेले स्वागत र मन्जिला उप्रेती, पुनम झाले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad