कारोबार


म्यान्मारमा नेपाली उत्पादनको प्रदर्शनी हुने

म्यान्मारमा नेपाली उत्पादनको प्रदर्शनी हुने

नेपालखबर
भदौ १५, २०७६ आइतबार १२:३४,

सार्क चेम्बर महिला उद्यमी परिषद्, नेपाल (एससीडब्लूईसी) सँग आबद्ध एक टोली शुक्रबार नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यले म्यान्मारको याङ्गुन प्रस्थान गरेको छ। म्यान्मारस्थित नेपाली राजदूतावासको निमन्त्रणामा एससीडब्लूईसी नेपालका उपाध्यक्ष सरोजिनी शेरचनको नेतृत्वमा १६ महिला उद्यमी सम्मिलित सो टोली म्यान्मारको याङ्गुन प्रस्थान गरेको हो।

टोलीले याङ्गुनको पाइन ओ ओलीन शहरमा अवस्थित नेपाली दूतावासको प्राङ्गणमा शनिबारदेखि सोमबारसम्म नेपालका विभिन्न उत्पादनहरुको प्रवद्र्धनात्मक प्रदर्शनीको आयोजना गर्नेछ।

नेपाली हस्तकलाका सामग्री, महिलाहरुले प्रयाग गर्ने पोते, क्लिप, चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी र चोली, मखमली चप्पल, विभिन्न प्रकारका हातले निर्माण गरेको हाते झोलाहरु, गाग्री, खड्कुलो जस्ता सामग्रीहरु प्रदर्शनीमा राखिएको छ।

त्यसैगरी टोलीले म्यान्माका विभिन्न शहरमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरी यस मुलुकबाट नेपालमा पर्यटक भित्र्याउने पनि योजना बनाएको छ। सार्क चेम्बर महिला उद्यमी परिषद् (एससीडब्लुईसी) नेपाल सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज मातहतको अङ्ग हो। परिषद्को सार्क मुलुकका महिला उद्यमीहरुलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको छ। विगत १० वर्षदेखि परिषद्ले महिला उद्यमीहरुको हितका लागि विभिन्न कदमहरु चाल्दै आएको परिषद्ले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad