नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ। दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जीबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो।
कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ। यसका लागि कम्पनीले २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना निरन्तर कार्यान्वयनमा छ।
यो सुविधा लिनका लागि ‘वानडीवानजी’ लेखेर १४१५ मा सन्देश पठाउनुपर्दछ। सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिनेछ। यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ। यस छुट योजनामा प्रतिएमबी करसहित ४.५ पैसा लाग्ने टेलिकमले जनाएको छ।
यसैगरी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराइरहेको छ। यो सेवा हासिल गर्न ‘सेभेनडीसेभेनजी’ लेखेर १४१५ मा सन्देश पठाउनुपर्दछ। यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ। यस प्याकेजमा प्रतिएमबी करसहित ३.५ पैसा मात्र लाग्छ।
नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिन्छ। यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ। यो सुविधा प्रयोग गर्नका निम्ति २८डी२८जी लेखेर १४१५ मा सन्देश पठाउनुपर्दछ। यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ ।
यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रतिएमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ। नेपाल टेलिकमको वेबसाइटमार्फत विस्तृत जानकारी लिन सकिने टेलिकमले जनाएको छ।

प्रतिक्रिया