कारोबार


वायुसेवा निगमको वार्षिकोत्सवमा चार पाइलट सम्मानित

वायुसेवा निगमको वार्षिकोत्सवमा चार पाइलट सम्मानित

नेपालखबर
असार १७, २०७८ बिहिबार ११:२२,

नेपाल वायुसेवा निगमले आफ्नो ६३औं वार्षिकोत्वस आज एक सामान्य कार्यक्रमका साथ संक्षिप्त रुपमा मनाएको छ।

सो अवसरमा महाप्रवन्धक डिम प्रसाद पौडेलले वीस वर्षे सेवा अवधि पुरा गरेका चारजना कर्मचारीहरुलाई पदक र सम्मानपत्र प्रदान गरे। आज दीर्घसेवा पदक पाउनेहरुमा वरिष्ठ पाइलटहरु नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, संजय वैद्य र उज्जल सिलवाल छन्।

महाप्रवन्धकले निगमका कर्मचारीहरुले कठिन घडीमा पनि देश र जनताको लागि उल्लेखनीय सेवा दिएकोमा हार्दिक स¥हाहना व्यक्त गर्दैै भविष्यमा आइपर्ने समस्याहरुमा डटेर योगदान पु¥याउने विश्वास व्यक्त गरे।

विगतमा आर्जन गरको प्रतिष्ठामा केही धुमिल अवस्था देखिएको छ भन्दै महाप्रवन्धकले त्यसका लागि आन्तरिक मात्र नभै बाह्य कारणको पनि भूमिका रहेको उल्लेख गरे। महँगो ब्याजको ऋण, महँगो हवाई इन्धन र देश प्रतिकूल विमानहरु किन्नु परेका कारण निगमले दोष बोक्नु परेको चर्चा गर्दै निगमको प्रयासमा हवाई इन्धनको मूल्य घटाउन सकिएको कारण वित्तीय प्रवाहमा महत्वपूर्ण मद्दत पुग्ने बताए।

उनले नेपाल सरकारको सहयोग निरन्तर प्राप्त भएको छ र त्यसमा निगम भित्रको सामुहिक प्रयासमा जवाफदेहिता, पारदर्शिता र व्यावसायिकता सहित अघि बढन आव्हान गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad