सूचना तथा सञ्चार मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्स विधेयक निर्माण गर्ने भएको छ।
मन्त्रिपरिषद्को जेठ ५ गते बसेको बैठकले मन्त्रालयको प्रस्तावअनुसार आर्टिफिसियल इन्टेलिजेन्स विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको हो।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शुक्रबार जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्रालयलाई एआई विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको जानकारी दिए।
यसअघि सरकारले २०८२ साउन २६ गते राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति स्वीकृत गरेको थियो। नीतिमार्फत सञ्चार मन्त्रालयअन्तर्गत राष्ट्रिय एआई केन्द्र स्थापना भइसकेको छ।
72
Shares

प्रतिक्रिया