नेपालमा गएको २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
१० हजार ९८५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति फेला परेका हुन्।
यो अवधिमा ४ हजार १७ जना संक्रमणमुक्त भएका छन्।
आज ३३ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित कोरोनाका कारण निधन हुनेको संख्या ९ हजार १४५ पुगेको छ।
आज काठमाडाैं उपत्यकामा ४१९ संक्रमित थपिएका छन्। जसमा काठमाडाैंमा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ जना रहेका मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया