कारोबार


सिम्पल मिडिया नेटवर्कको इन्टरनेट लाइसेन्स रद्द, बुटवल पावरको भिस्याट लाइसेन्स पनि खोसियो

सिम्पल मिडिया नेटवर्कको इन्टरनेट लाइसेन्स रद्द, बुटवल पावरको भिस्याट लाइसेन्स पनि खोसियो

नेपालखबर
असार ५, २०८३ शुक्रबार १३:३३, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले सिम्पल मिडिया नेटवर्कसँग रहेको इन्टरनेट सेवाको लाइसेन्स रद्द गरेको छ। 

लाइसेन्स नवीकरणका लागि तोकिएको समयावधि भित्र सिम्पल मिडियाले कुनै निवेदन पेस नगरेपछि प्राधिकरणले २०८३ असार २ गतेदेखि स्वत: रद्द गरिदिएको हो।

प्राधिकरणले २०६३ असार २ गते सिम्पल मिडिया नेटवर्कलाई इन्टरनेट सेवा सञ्चालनको लाइसेन्स दिएको थियो।

कम्पनीले नियमानुसार तिर्न/बुझाउनुपर्ने रकमको विषयमा ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न समेत निर्देशन दिएको छ। अन्यथा लाइसेन्स खारेजी प्रक्रिया अघि बढ्ने चेतावनी प्राधिकरणले दिएको छ। 

सिम्पल मिडिया नेटवर्कलाई डिसहोमले खरिद गर्दै त्यहाँ रहेका ग्राहकलाई डिसहोममा माइग्रेट गराएको थियो। 

त्यसैगरी, प्राधिकरणले बुटवल पावर कम्पनीसँग रहेको ग्रामीण भिस्याट सेवाको अनुमतिपत्र पनि रद्द गरिदिएको छ। बुटवल पावरले पनि लाइसेन्स नवीकरणका लागि निवेदन पेस नगरेपछि प्राधिकरणले जेठ २४ गतेदेखि उसको लाइसेन्स स्वत: रद्द गरिदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad