स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थान नेपाल (इप्पान) को वरिष्ठ उपाध्यक्ष निर्वाचित भएलगत्तै उत्तम भ्लोन लामा जलविद्युत् परियोजनामा देखिएका विवाद समाधानमा अग्रसर देखिएका छन्।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएलगत्तै लामाले स्थानीयले विभिन्न माग राखी लिखुसहित तीन आयोजनाको विद्यृत गृह बन्द त्यहाँ देखिएका समस्या सामाधानका लागि सांसदहरूसँग छलफलमा जुटेका हुन्।
लामाले प्रतिनिधि सभाका सांसद प्रकाश सिंह कार्की, डा कृष्णहरि बुढाथोकी र डा राम लामासँग छलफल गरेका हुन्। लामाले रामेछाप र सोलुखुम्बुका सांसदहरुसँग भेटेर छलफल गरेका छन्।
लिखु हाइड्रोपावर संघर्ष समिति तथा स्थानीयबासीले विभिन्न माग राख्दै जेठ २४ गतेदेखि हाइड्रोपावरमा हड्ताल गरेका थिए। संघर्ष समिति तथा स्थानीयबासीले राखेका मागको विषयमा छलफल हुँदा शान्तिपूर्ण आन्दोलन जारी राख्दै असार ७ गते बिहान १० बजे छलफल गर्ने तयारी छ।
यस क्रममा असार २ गते लिखु हाइड्रो पावर निर्माता पान हिमालय इनर्जीका प्रतिनिधि र संघर्ष समितिबिच असार ७ गते हाइड्रो पावर कम्पनीका कुनै उच्च पदाधिकारीसहित छलफल गर्ने तयारी छ। सोही विषयलगायतलाई समाधान गर्न लामा सक्रिय भएका छन्।
Shares

प्रतिक्रिया