कारोबार


ललितपुरमा बजेट कार्यक्रम बहिष्कार गर्ने पक्ष र मेयरबीच सहमति

ललितपुरमा बजेट कार्यक्रम बहिष्कार गर्ने पक्ष र मेयरबीच सहमति

नेपालखबर
असार १६, २०७८ बुधबार १७:३७,

ललितपुर महानगरपालिकामा यही असार १० गते बजेट कार्यक्रम बहिष्कार गरेका वडाध्यक्ष र मेयर चिरिबाबु महर्जनबीच चार बुँदे सहमति भएको छ।

आज भएको सहमतिअनुसार ललितपुर महानगरबाट सम्पादन गरिने नीतिनिर्णय एवं वार्षिक कार्यक्रमलाई थप व्यवस्थित बनाइनेछ।

सहमतिपत्रमा कार्यपालिका सदस्य रविन्द्र महर्जन, श्रीगोपाल महर्जन र मेयर चिरिबाबुले हस्ताक्षर गरेका छन्।

यसअनुसार आगामी २३ गतेभित्र असहमतिका पत्रबारे कार्यपालिकामा छलफल गरेर विवाद टुंग्याइने भएको छ।

त्यस्तै, कार्यपालिकाको बैठक नियमित रुपमा राखिने, आगामी दिनमा त्रिपक्षीय समन्वय, सहमति र सहकार्यका आधारमा छलफल गरी कार्यपालिकाबाट निर्णय गरी कार्यान्वयन गरिने तथा हालसम्म काम गर्ने क्रममा एकआपसमा कमी कमजोरीहरु देखिएमा आपसी छलफलका माध्यमबाट सुधार गर्दै लगिने पत्रमा उल्लेख छ।

बहुमत कार्यपालिका सदस्यले विरोध गरेका कारण महानगरले असार १० मा बजेट ल्याउनसकेको थिएन।

lalitpur sahamati

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .