दुई दिनपछि पुनः सेयरबजारको सूचक नेप्से घटेको छ।
आइतबार र सोमबार नेप्सेमा सामान्य अंकको वृद्धि भए पनि आज अर्थात् मंगलबार ४७ दशमलव ४९ अंकले घटेको हो।
आज नेप्से घटेर २८२८ विन्दुमा झरेको छ। मंगलबार कुल कारोबारमा पनि कमी आएको छ।
आज २ सय २३ वटा कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँको कारोबार भएको हो।
आज लघुवित्त कम्पनीबाहेक सबै समूहको सेयर सूचक घटेको छ।
आज सबैभन्दा धेरै ओरियन्टल होटलको सेयरमूल्य ५ दशमलव ७६ प्रतिशतले बढेको छ भने प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव ५५ प्रतिशतले घटेको हो।
प्रतिक्रिया