ad ad

कारोबार


जोरविजोरमा सञ्चालन गर्ने भने पनि किन चलेनन् सबै सार्वजनिक यातायात?

जोरविजोरमा सञ्चालन गर्ने भने पनि किन चलेनन् सबै सार्वजनिक यातायात?

नेपालखबर
असार १५, २०७८ मंगलबार १०:२२,

सरकारले काठमाडौं उपत्यकामा जोरविजोर प्रणालीअनुसार सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि सबै बस चल्नसकेका छैनन्।

सरकारले २५ सिटमाथिको बसलाई जोरविजोर प्रणालीमा सञ्चालन दिने बताए पनि व्यवसायीका विभिन्न मागले सबै सञ्चालन हुन नसकेका हुन्।

सार्वजनिक यातायात व्यवसायीले सरकारको निर्णय पक्षपाती भएको भन्दै विरोध गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले सरकारले विभेदकारी नीति अवलम्बन गरेको भन्दै विरोध जनाएका छन्।

सबै बस सञ्चालन गर्न दिनुपर्ने व्यवसायीको माग छ। उनीहरुले सरकारी अधिकारीसँगको छलफल र सुझावविपरीत निर्णय भएको बताएका छन्।

व्यवसायीले अर्थतन्त्रलाई गतिशील बनाउने जनताको दैनिक जीवनयापनलाई सहज बनाउने सार्वजनिक यातायातलाई पूर्णरुपमा सञ्चालन गर्न नदिनु अव्यावहारिक रहेको व्यवसायीको भनाइ छ।

व्यवसायीहरुले तत्काल निर्णयलाई सच्याउँदै सबै प्रकारका र देशैभरका सार्वजनिक सवारीसाधनहरु लामो दूरी, मध्यम दूरी र छोटो दूरी सञ्चालन अुनमति दिन माग गरेका छन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले आफूहरुको सुझावविपरीत निर्णय गरेको बताए।

‘सरकारलाई थोरै यातायात सञ्चालन गर्दा कोभिड झन् फैलिन्छ भन्ने सुझाव दिएका थियौँ’, कर्माचार्यले भने, ‘तर सरकारले हाम्रो सुझावविपरीत जोरविजोर प्रणालीमा त्यो पनि २५ सिटमाथिका गाडी चलाउने निर्णय ग¥यो।’

लामो, मध्यम र छोटो दूरीका सबै सार्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्ने उनले बताए।

त्यस्तै यातायात व्यवसायीले २०६९ सालदेखि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा दर समायोजन हुन नसकेको बताउँदै त्यसलाई तत्काल समायोजन गर्नुपर्ने माग गरेका छन्।

सार्वजनिक यातायात सञ्चालन गर्दा कोभिडको जोखिममा यातायात श्रमिक पर्ने भन्दै कोभिड खोप उपलब्ध गराउन अनुरोध पनि गरेका छन्।

‘सार्वजनिक सवारीसाधनमा काम गर्ने श्रमिकलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिने सहमति कार्यान्वयन गर्न अनुरोध गर्दछौँ’, व्यवसायीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

व्यवसायीले आफूहरुको माग सुनुवाइ नगरिए असार १८ देखि देशैभरका सम्पूर्ण सार्वजनिक सवारीका साधनहरु आवश्यक मापदण्ड अपनाई सञ्चालन गरिने जनाएका छन्। 

‘कर्मचारी नहुँदा तत्काल बस सञ्चालन गर्न सकेनौँ’
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ठूला बस सञ्चालन गर्ने साझा यातायातले कर्मचारी उपलब्ध नहुँदा असार १५ बाटै सार्वजनिक यातायात सञ्चालन गर्न नसकिएको बताएको छ।

साझाले आफ्ना कर्मचारी विदामा भएकाले बस सञ्चालनको लागि केही समय लाग्ने जानकारी दिएको छ।

साझा यातायातका कार्यवाहक सीईओ महेन्द्रराज पाण्डेले २ महिनादेखि बस पार्किङमा राखेकाले मर्मतपछि मात्रै सञ्चालन हुने बताए।

‘हामीले सबै चालक तथा सहचालकलाई विदा दिएका थियौँ। लामो समय नचलाएका गाडी पनि मर्मत गर्नुपर्ने हुन्छ’, पाण्डेले भने, ‘जति जना अफिस आउन सक्छन्, तीबाट काम चलाउँछौँ।’

केही चालक÷सहचालक काठमाडौं उपत्यकाबाहिर गएको तर आउनको लागि लामो दूरीका सार्वजनिक यातायात नखुल्दा समस्या भएको पाण्डेले बताए।

‘जतिसक्यो छिटो गाडी चलाउने तयारीमा रहेका छौँ’, उनले भने।

त्यस्तै निजी क्षेत्रबाट मुख्यगरी रिङरोडमा बस सञ्चालन गर्ने मयुर यातायातले काठमाडौंमा कर्मचारी नहुँदा १०÷१२ वटा मात्रै सञ्चालन गरेको जनाएको छ।

मयुर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठले १०÷१२ वटा गाडी सञ्चालन गर्न थालिएको बताए।

उनले आफ्ना केही कर्मचारी काठमाडौं बाहिर भएकाले सबै गाडी सञ्चालन गर्न नसकिएको बताए।

‘आजबाट १०/१२ वटा बस सञ्चालन गर्न सुरु गरेका छौँ’, श्रेष्ठले भने, ‘सरकारको निर्णय हामीले मान्छौँ। केही कर्मचारी बाहिर रहेकाले २÷३ दिनभित्र जोरविजोर प्रणालीअनुसार सबै बस सञ्चालन गर्न सक्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .