नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसार प्रसार गर्नेसम्वन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सन् २०२१ जुलाई १ देखि लागू हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्रहरु ढुवानी हुने भएका छन्।
यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनीहरु मार्फत सो काम गराईरहेको थियो। यसबाट विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैयाँ देशभित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने नेपाल एयरलाइन्सले जनाएको छ।
सम्झौतामा नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक डिम प्रसाद पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षार गरेका हुन्।
प्रतिक्रिया