ad ad

कारोबार


नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल प्रदान गरिने

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल प्रदान गरिने

नेपालखबर
असार १५, २०७८ मंगलबार १०:४,

नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई थप प्रतिफल प्रदान गर्ने भएको छ।

कोषले सोही कार्यक्रमको संचित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने जनाएको छ। अवकाश कोष सञ्चालन कार्यविधि, २०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो।

यस प्रयोजनका लागि करिव १ अर्ब ३ करोड रुपैयाँ बराबर सहभागीलाई बितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।

यसबाट सहभागीहरुलाई विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असरबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पु¥याउने छ भन्ने विश्वास कोषले लिएको पाइएको छ।

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरुको खातामा जम्मा गरिएको छ। कोषले यस कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा दिने नीति लिएको छ।

साथै, नागरिक लगानी कोषबाट संचालित अन्य कार्यक्रम (ट्रस्टी) हरुमा समेत आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको कोषले जानकारी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .