सेयरबजारमा आज ७ अर्ब १६ करोडको सेयर किनबेच भएको छ।
बजार परिसूचक २७.३८ अंकले बढेको दिन क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ३.७६ अंकले बढेको छ।
आज २ सय २७ कम्पनी कारोबारमा सामेल भएका छन्। दिनभरिमा ८२ हजार ५५ पटक खरिदबिक्री हुँदा २ करोडको सेयर बिक्री भयो।
कुल १३ समूहमध्ये होटल र पर्यटन, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमाको सूचक घटेको छ भने बाँकी समूहको बढेको छ।
आज माथिल्लो तामाकोशीसहित दुईवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा आम्दानी गरेका छन्। गुमाउने लगानीकर्ताले आज ४.३७ प्रतिशत नोक्सानी व्यहोरेका छन्।
आज बजारमा कम्पनीहरुको ४० करोडसम्मको मात्रै किनबेच भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया