नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले निशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा ल्याएको छ।
विद्यमान कोभिड १९ को संक्रमण दोश्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नको लागि कम्पनीमा धाउनु पर्ने बाध्याताबाट मुक्त हुन यस्तो सुविधा ल्याएको कम्पनीले जनाएको छ।
सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याइएको हो।
प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायी हुनेछ।
सेवा ग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन् भन्ने उद्देश्यले कम्पनीले अनलाइनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको जनाएको छ, जसका लागि खाता खोल्न चाहने व्यक्तिहरुले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको वेबसाइट मा गई अनलाइन डिम्याट भित्र (लिंक) मा क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाइएको छ।
ग्राहकको सम्पूर्ण जानकारीहरु रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नु पर्नेछ। यसरी आफूले अनलाइनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराइनेछ। यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाइनबाट खाता खोल्नेहरुको लागि मात्र लागू हुनेछ।
लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्र कै अग्रगामी तथा प्रगतिशील इन्भेष्टमेन्ट बैंकिङ सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा सञ्चालनमा ल्याउँदै आएको छ।
जसमा लगानी तथा प्राइभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैंक कर्जा उपलब्ध गराउने उपाय सहित बुक बिल्डिङ प्रविधिबाट निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने तथा सेयर रजिष्ट्रार सेवासहित एकै छाना मुनि सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन्।
Shares

प्रतिक्रिया