ad ad

कारोबार


काठमाडौं महानगरले तोक्यो जग्गाको मूल्य, कुन क्षेत्रमा कति?

काठमाडौं महानगरले तोक्यो जग्गाको मूल्य, कुन क्षेत्रमा कति?

नेपालखबर
असार ११, २०७८ शुक्रबार १०:२०,

काठमाडौं महानगरपालिकाले घरजग्गा मूल्यांकन पुरानै व्यवस्थालाई कायम राखिएको छ।

काठमाडौं महानगरपालिका क्षेत्रका प्रमुख सडक एवं सडकको दायाँबायाँका जग्गाहरुको सम्पत्ति कर मूल्यांकन सार्वजनिक गरेको छ।

मनोहरा पुल– तीनकुने–चावहिलसम्मको प्रतिआना २८ लाख रुपैयाँ तोकेको छ।

नयाँ बानेश्वरदेखि त्रिपुरेश्वरसम्मको मुख्य सडक क्षेत्रको मूल्य ३२ हजार रुपैयाँ मूल्यांकन हुने महानगरले जनाएको छ।

चक्रपथको वनस्थलीदेखि नारायणगोपाल चोक –धोबीखोला पुलसम्म २८ लाख रुपैयाँ तोकिएको छ। नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको २८ लाख मूल्यांकन हुनेछ।

काठमाडौंको सबैभन्दा बढी न्युरोड सडक क्षेत्रमा प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ। त्यसैगरी केशरमहल, ठमेल, असन, वीर अस्पताल, वायुसेवा निगम, पुराने बसपार्क, पुतलीसडक, बागबजारमा ५० लाख मूल्यांकन नै गरिएको छ।

कालीमाटी चोकदेखि बल्खु क्षेत्रमा २५ लाख रुपैयाँ रहेको छ।

काठमाडौं महानगरपालिकाले बाटो नभएका सडकमा वर्गअनुसार मूल्य निर्धारण गरेको छ।

घट्टेकुलो चोक, अनामनगर, कालिका स्थान, कृष्णपाउरोटी, कमलपोखरी क्षेत्रमा २८ लाख तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .