ad ad

कारोबार


करको दायरामा टुटल पठाओ पनि, यी व्यवसायीले तिर्नुपर्नेछ महानगरलाई कर

करको दायरामा टुटल पठाओ पनि, यी व्यवसायीले तिर्नुपर्नेछ महानगरलाई कर

वसन्त अर्याल
असार ११, २०७८ शुक्रबार १०:५,

काठमाडौं महानगरपालिकाले राइड सेयरिङलगायत विभिन्न व्यवसायमा करको दायरा बढाएको छ।

महानगरले जुत्ताचप्पल, परामर्श, कृषि, वर्कशपलगायत साना उद्योगलाई समेत करको दायरामा ल्याएको हो।

महानगरले करण्को दायरा विस्तार गर्दै दुईपांग्रे सवारीसाधनद्वारा यात्रु ओसारपसार गर्ने राइड सेयरिङ र होम डेलिभरी व्यवसायीले वार्षिक १ लाख कर तिर्नुपर्ने व्यवस्था गरेको छ।

आर्थिक ऐन २०७८ मार्फत महानगरपालिकाले यसअघि करको दायरामा नसमेटिएका जुत्ता, चप्पल पसल थोक बिक्रेतालाई १० हजार र खुद्रा बिक्रेतालाई ३ हजार रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ।

महानगरपालिकाले सबै परामर्श कम्पनीलाई करको दायरामा ल्याएको छ।

यसअघि इन्जिनियरिङ, वैदेशिक रोजगार, शैक्षिक परामर्शमा कर लगाउँदै आएको थियो।

विभिन्न किसिमका वस्तुहरुको आयातनिर्यात गर्ने व्यवसायमा १५ हजार कर तिर्नुपर्ने व्यवस्था गरिएको छ।

यसअघि नसमेटिएको चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगमा १० हजार र अचार, मस्यौरा, गुन्द्रुकलगायतमा ५ हजार कर लगाउने भएको छ।

महानगरले कृषि तथा खाद्यान्नका धेरै व्यवसायीलाई समेटेको छ।

कामपाले प्रशोधित मासुजन्य बिक्री व्यवसाय ३ हजार, तरकारी खेती र पशुपक्षीपालन २ हजार, घरपालुवा पशुपक्षीको दाना थोक बिक्रेताले ७ हजार र खुद्रा ३ हजार रुपैयाँ तोकेको छ।

कुकुर प्रजनन केन्द्रले ५ हजार कर तिर्नुपर्ने भएको छ। आधुनिक पशु वधशालालाई भने पूरै छुट दिएको छ।

महानगरपालिकाले एटीएम राख्दा समेत कर लिने भएको छ। बैंक तथा वित्तीय संस्थाको एटीएम बुथ केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाहेकका ठाउँमा ५ हजार कर लिने भएको हो।

निर्माण सेवातर्फ ‘घ’ वर्गका निर्माण इजाजत शुल्क १० हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ भने नामसारी ठाउँसारीको १ हजार तिर्नुपर्ने व्यवस्था गरेको छ।

निर्माण क्षेत्रमा श्रमिक उपलब्ध गराउने व्यवसायलाई समेत करको दायरामा ल्याइएको छ। यस्ता व्यवसायीले ३ हजार कर तिर्नुपर्ने भएको छ।

क्याटरिङ व्यवसाय र रेन्टल व्यवसायले वार्षिक ५ हजार कर महानगरपालिकालाई बुझाउनुपर्ने भएको छ।

महानगरपालिकाभित्र ६ वर्गफुटसम्मको साइन बोर्ड राख्नेले ५ सय र १५ फुटसम्मको राख्नेले १५ सय रुपैयाँ तिर्नुपर्ने नयाँ व्यवस्था गरेको छ।

यसअघि १५ फुटभन्दा बढीलाई मात्र कर लगाउने भएको छ।

विद्युतीय सवारीसाधन व्यवसायमा पूरै छुट, सबै वर्कशप करको दायरामा
काठमाडौं महानगरपालिकाले विद्युतीय सवारीसाधनमा पूरै कर छुट दिएको छ।

महानगरपालिकाले विद्युतीय सवारीसाधन बिक्री शोरुम र चार्जिङ सेन्टरलाई समेत कर तिर्नु नपर्ने व्यवस्था गरेको हो।

महानगरपालिकाको आर्थिक ऐन २०७८ ले सवारीसाधनको पार्टपुर्जा, टायरट्युब थोक बिक्री गर्नेले १० हजार रुपैयाँ महानगरपालिकालाई बुझाउनुपर्नेछ।

५ सय वर्ग फिटसम्म क्षेत्रमा पार्टपुर्जा बिक्री खुद्रा पसल गर्नेले ३ हजार र ५ सय वर्गफिटभन्दा बढीमा व्यापार गर्नेले ५ हजार कर बुझाउनुपर्नेछ।

मोटर÷कार बिक्री शोरुमले ५० हजार कर बुझाउनुपर्ने आर्थिक ऐनमा उल्लेख रहेको छ।

त्यसैगरी रिकन्डिसन चार पांग्रे सवारीसाधन बिक्रीकक्ष २५ हजार, मोटरसाइकल बिक्री शोरुम २५ हजार कर तिर्नुपर्नेछ।

रिकन्डिसन मोटरसाइकल खरिदबिक्री गर्नेले १० हजार कर बुझाउनुपर्नेछ।

साइकल बिक्री शोरुमले ३ हजार रुपैयाँ कर बुझाउनुपर्नेछ।

महानगरले यन्त्रशाला ठूलोलाई वार्षिक २५ हजार कर लगाउनेछ। दुईपांग्रे सानो वर्कशप २ हजार लगाउँदै आएकोमा अब सानो चारपांग्रे सानो वर्कशपको ५ हजार कर लिने भएको छ।

इन्जिनियरिङ वर्कशपले १० हजार बुझाउनुपर्ने भएको छ।

त्यस्तै नेपाल अटो मेकानिक्स व्यवसायी संघले नै प्रस्ताव गरेको बडी निर्माण मर्मत, टर्बो हाइड्रोलिक, पम्प नोजल इन्जेक्टर, लेज वर्कशपको लागि ७ हजार ५०० कर तोकिएको छ।

त्यस्तै इन्जिन मर्मत, डेन्टिङ, स्प्रिङ पत्ता वर्कशपले ५ हजार र पेन्टिङ वर्कशप, हेड मर्मत, अटो इलेक्ट्रिक, सिट मर्मत, टायर पन्चर वर्कशपलाई ३ हजार कर तिर्नुपर्ने प्रस्ताव गरिएको छ।

पेट्रोल÷डिजेलपम्पलाई प्रतिडिस्पेन्सर १० हजार रुपैयाँ कर तोकेको छ।

महानगरभित्र कुन क्षेत्रमा पार्किङ गर्दा कति शुल्क लाग्छ?
काठमाडौं महानगरले क्षेत्र छुट्याएर पार्किङको मूल्य फरक–फरक राखेको छ।

न्युरोड धर्मपथ, कान्तिपथ, दरबारमार्ग, त्रिपुरेश्वर, रत्नपार्क, लैनचौरको तोकिएको क्षेत्रमा दुईपांग्रे सवारी पहिलो आधा घण्टाको १५ र प्रतिघण्टा २५ रुपैयाँ तोकेको छ।

त्यस्तै चारपांग्रे गाडीको पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रतिघण्टा ८० रुपैयाँ पार्किङ शुल्क तोएिको छ।

महानगरले तोकेको अन्य क्षेत्रमा पार्किङ गरे दुईपांग्रेको प्रतिघण्टा १५, चार पांग्रेको ४० र चारपांग्रेभन्दा बढीको लागि १०० रुपैयाँ तोकिएको छ।

महानगरले लिफ्ट वा आधुनिक प्रविधिको प्रयोग गरिएकै स्थानमा धेरै सवारीसाधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायलाई ५ वर्षसम्म शतप्रतिशत करछुट दिने महानगरले जनाएको छ।

महानगरले विद्युतीय सवारीसाधन र अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारीसाधनहरुलाई निःशुल्क पार्किङ गर्न पाउने भएका छन्।

महानगरपालिकाले अनधिकृत स्थलमा सवारीसाधन पार्किङ गरेमा मोटरसाइकलमा १ हजार जरिवाना, तीनपांग्रेमा २ हजार तोकेको छ।

त्यस्तै गाडीतर्फ १ हजार सीसीदेखि २५ सय, १५ सयसम्मको ५ हजार, २२ सय सीसीसम्मका ७ हजार, २२ सीसीमाथिका गाडीमा १० हजार जरिवाना गर्ने आर्थिक ऐनमा उल्लेख रहेको छ।

यस्ताे छ करसम्बन्धी महानगरकाे व्यवस्था

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .