कारोबार


सम्पत्ति करमा भारी छुट दिएको भन्दै होटल संघले गर्‍यो काठमाडौं महानगरको बजेटको स्वागत

सम्पत्ति करमा भारी छुट दिएको भन्दै होटल संघले गर्‍यो काठमाडौं महानगरको बजेटको स्वागत

नेपालखबर
असार ११, २०७८ शुक्रबार ८:२९,

काठमाडौं महानगरपालिको हालै सम्पन्न नगरसभाबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्ति करमा भारी छुट उपलब्ध गराएकोमा होटल संघ नेपाल (हान)ले स्वागत गरेको छ।

हानले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाका नगरप्रमुख लगायत नगरपालिकाका पदाधिकारीहलाई हार्दिक धन्यवाद व्यक्त गरेको हो।

कोभिड–१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा फर्कन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड–१९ ले संकटग्रस्त अवस्थामा पुगिसकेको समयमा गत वर्षभन्दा थप गरी छुट प्रदान भएको कारणले होटलहरुलाई ठूलो राहत मिलेको हानले जनाएको छ।

काठमाडौं महानगरपालिकाले होटल संघ नेपालको सुझावलाई मनन गरी गत वर्ष ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको थियो।

संघले भनेको छ, ‘कोभिड–१९ को यस अवस्थामामा होटल तथा पर्यटन उद्योग पूर्ववत रुपमा फर्कन अझै ५ वर्ष लाग्ने विज्ञहरुले प्रक्षेपण गरेको समयमा यस उद्योगको संरक्षण र सम्वद्र्धनका लागि आव २०७८÷७९ को लागि काठमाडौं महानगरपालिकाले होटलहरुले बुझाउनु पर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा सम्पत्तिकर चुक्ता गरे थप १० प्रतिशत गरी ९० प्रतिशत कर छुट दिएकोमा होटल संघ नेपाल काठमाडौं महानगरपालिकाका नगरप्रमुखका साथै महानगरपालिका प्रति पुनः कृतज्ञता व्यक्त गर्दछौँ।’

यस किसिमको सहुलियत आगामी वर्षहरुका लागि पनि पर्यटनको अवस्था राम्रो नभएसम्म निरन्तर हुनेमा होटल संघ नेपाल काठमाडौं महानगरपालिकाप्रति विश्वस्त रहेको उल्लेख गरिएको छ।

यो विषम परिस्थितिमा अन्य स्थानीय निकायहरुको तर्फबाट समेत पर्यटन पुनरुत्थानको लागि यस प्रकारको सहयोग होस् भनी संघले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad