कामना सेवा बैंकका ग्राहकहरुले ५० भन्दा बढी अनलाइन बजार साइटबाट सेवा खरिद गर्न सक्ने गरी एनपेसँग सम्झौता भएको छ।
प्रगतिको आधार कामना सेवासँग कारोबार भन्ने मूल नाराका साथ आम जनतामाझ विभिन्न बैैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंक र एनपेबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको हो।
यो सम्झौतापछि कामना सेवा विकास बैंकका मोबाइल वा इन्टरनेट बैंकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी इ–कमर्स वेबसाइटमा अनलाइन भुक्तानी गर्न सक्नेछन्। ग्राहकले अनलाईन भुक्तानी गर्न मिल्ने इ–कमर्स वेब साइटहरु मा गई हेर्न सक्ने बैंकले जनाएको छ।
बैंकको केन्द्रीय कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहेको छ। हालसम्म बैंकले देशका ९७ ठाउँमा शाखा खोलेको छ भने ४६ एटीएम काउन्टरबाट सेवा दिँदै आएको छ।

प्रतिक्रिया