कारोबार


सर्वोच्चले सरकारलाई खोलिदियो कर उठाउने बाटो (आदेशसहित)

सर्वोच्चले सरकारलाई खोलिदियो कर उठाउने बाटो (आदेशसहित)

नेपालखबर
असार १, २०७८ मंगलबार ११:४५,

सर्वोच्च अदालतले सरकारलाई कर उठाउने बाटो खोलिदिएको छ।

न्यायाधीशहरु आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले सरकारलाई कर उठाउने बाटो खोलिदिएको हो।

यसअघि सर्वोच्चले नै बन्दाबन्दी खुलेको ३० दिनभित्र मूल्यअभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु, नगराउनु, बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र यी विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको थियो।

तर त्यो आदेशविरुद्ध अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागलगायतका सरकारी निकायले जेठ २५ मा भ्याकेट निवेदन दर्ता गरेका थिए। सोही भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्चले आर्थिक ऐन २०७७ मा भएको व्यवस्थाअनुसार कर उठाउन सक्ने भनेको छ।

तर अब उक्त ऐनअनुसार सरकारले निर्णय गरी प्रकाशित गर्ने सूचनामा उल्लेख भएको अवधिसम्मको लागि मात्र कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल गर्न नपाउने सर्वोच्चको आदेशमा उल्लेख छ। याेसँगै बन्दाबन्दी रहँदै पनि सरकारले कर उठाउन सक्नेछ। बन्दाबन्दी सकिएकाे ३० दिनभित्र मात्रै उठाउन पाउने अन्तरिम आदेश थियाे। 

tax uthaune aadesh1

tax uthaune aadesh2

tax uthaune aadesh3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .