कारोबार


नागरिक उड्डयनमन्त्री भन्छन्ः वायुसेवा निगमले गुमेको बजार पुनः प्राप्त गर्छ

नागरिक उड्डयनमन्त्री भन्छन्ः वायुसेवा निगमले गुमेको बजार पुनः प्राप्त गर्छ

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १२:३६,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगम नाफामूलक मात्र नभई सेवामूलक समेत रहेको बताएका छन्।

निगमले नवनियुक्त मन्त्री अरगरियाको वायुसेवा निगममा स्वागत एंव छलफल कार्यक्रममा निगमले कोरोनाको महामारीमा सक्षमता प्रस्तुत गरेको बताए।

मन्त्री अरगरियाले निगमलाई दरिलो कार्ययोजनासहित अघि बढन तत्कालै योजना बनाउन निर्देशन दिए। उनले निगमको गुमेको बजार पुनः प्राप्त गर्न ठोस कार्यको आवश्यकता रहेको बताए।

दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनः प्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहेको बताए।

मन्त्रालयका सचिव यादव कोइरालाले नयाँ परिप्रेक्ष्यमा निगमलाई ठोस कार्ययोजनासहित अगाडि बढाउनुपर्ने बताए।

उनले निगमलाई परम्परागत ढंगमा अगाडि बढाउन नसकिने यथार्थलाई अंगीकार गर्र्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगतितर्फ लैजान सम्बन्धित क्षेत्रको भूमिका उल्लेखनीय रहने बताए।

संस्थालाई कसरी नयाँ मोडेलमा लैजाने भन्ने कुरामा विभिन्न विकल्पबारे अध्ययन गर्नुपर्ने बताउँदै निगमका लागि अगाडि भएका प्रयास पर्याप्त नभएको गुनासो गरे।

महाप्रबन्धक डिम प्रसाद पौडेलले संस्थालाई कसरी अगाडि बढाउने भन्नेमा व्यावहारिक प्रयास भइराखेको बताए। उनले निगमलाई पुँजीवृद्धिको आवश्यकता रहेको बताए।

पौडेलले निगमलाई तत्काल अन्तर्राष्ट्रिय विमान कम्पनी बनाउन नसकिए पनि क्षेत्रीय कम्पनीको रुपमा सक्रिय र सक्षम बनाउन निगम सकारात्मक रुपमा लागि परेको ब्रिफिङ गरेका थिए।

उनले यात्रुहरुको लागि विश्वको झण्डै आधा जनसंख्या भएको भारत र चीन राम्रो बजार रहेको र वैदेशिक रोजगारीमा जानेहरु पनि पर्याप्त मात्रामा भएकोले निगमले क्षेत्रीय विमान कम्पनीकै रुपमा पनि लगानीको राम्रो प्रतिफल लिन सक्ने धारणा राखे।

महाप्रबन्धकले भविष्यमा भैरहवा र पोखराको विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाबापतको राजस्वमा ५ वर्षका लागि छुट गराउन र सरकारी कर्मचारीले अन्तर्राष्ट्रिय उडानमा निगमको विमान प्रयोग गर्नुपर्ने प्रावधान राख्न मन्त्रालयलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .