ad ad

कारोबार


एभरेष्ट बैंकद्वारा नागरिक केयरलाई पाँच लाख रकम सहयोग

एभरेष्ट बैंकद्वारा नागरिक केयरलाई पाँच लाख रकम सहयोग

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ६:५१,

नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले पाँच लाख सहयोग रकम उपलब्ध गराएको छ।

कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग उपलब्ध गराएको हो।

नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजूमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो।

चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष एवं कोषाध्यक्ष जाजू, एभरेष्ट बैंक लि., प्रदेश नं. १का क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठलगायत नागरिक केयर सेन्टरका सदस्य नविन रिजाल, मोरंग व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी, वरिष्ठ अधिकृत विनय कर्ण लाभ, एभरेष्ट बैंक लि., विराटनगरका शाखा प्रबन्धक साजन के.सी. र क्षेत्रीय कार्यालयका रमेश भण्डारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .