मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको लागि काठमाडौंमा असार १ देखि बन्द गरिने भएको छ।
मेलम्चीको सुरुङमार्गमा फागुन १० गतेबाट पानी पठाउन थालिएको थियो।
सुरुङमार्गमा असार १ देखि पानी बन्द गरी परीक्षण सुरु हुनेछ।
आयोजनाका अनुसार सुरुङमार्गको पानी खाली गर्न करिब २ हप्ता लाग्नेछ। पानी बन्द गरिएपछि सुरुङ मार्गको अवस्था परीक्षण गरिनेछ।
सुरुङमार्ग ठीक भए पुनः सुरुङमार्गमा पानी छाडिनेछ। सुरुङमा कुनै समस्या भए त्यसलाई मर्मत गरी बल्ल पानी छाडिने आयोजनाले जानकारी दिएको छ।
सुरुङमा पानी भर्न १५ दिन लाग्नेछ।
हाल सुरुङमार्गबाट हाल १७ करोड लिटर दैनिक पानि आइरहेको छ।

प्रतिक्रिया