नेपालको एचडी र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको सञ्चालक डिशहोमले मेरो मनको दोस्रो देश नामक नयाँ अभियान सुरु गरेको छ।
७७ वटै जिल्लामा सेवा सञ्चालन गरिरहेको कम्पनीले नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबलप्रेमी दर्शकहरुलाई लक्षित गरी नयाँ अभियान सुरु गरेको हो।
गत वर्ष महामारीको कारण रद्द गरिएको यूईएफए युरो २०२० यस वर्ष प्रसारण गर्न डिशहोम सम्पूर्ण रुपमा तयार रहेको जनाएको छ।
दर्शकहरुले यो फुटबल प्रतियोगिता डिशहोमको एचडी च्यानल एक्सन स्पोर्ट्समा हेर्न सक्नेछन्। ‘मेरोमनकोदोस्रोदेश’ ह्यासट्याग सामाजिक सञ्जालमा सेयर गरी यो योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमाञ्चकारी बनाउने कम्पनीको दाबी छ।
यसअन्तर्गत फ्यानहरुले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्छन्। यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुन्छ।
अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ। यस अभियानबाट डिशहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ।
जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर इनाम पनि जित्नेछ। यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन्।
अभियानमा भाग लिनको लागि शर्त तथा नियमहरु
-सहभागीहरुले डिशहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ।
-सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh गर्नुपर्नेछ र आपूँmले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ।
-खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन।
-प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ। सहभागीहरुले खेलको अन्त्यसम्म आफ्नो मनको देशलाई समर्थन गरी #MeroMankoDosroDesh सँगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन्।
-विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरि तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन्।
-विजेताहरुको घोषणा डिशहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ।
Shares

प्रतिक्रिया