कारोबार


होटल क्वारेन्टिनका लागि तोकियो होटल, कुन–कुन परे? (सूची)

होटल क्वारेन्टिनका लागि तोकियो होटल, कुन–कुन परे? (सूची)

नेपालखबर
जेठ १९, २०७८ बुधबार ११:५३,

हप्तामा ७ नियमित उडान हुने भएसँगै होटल क्वारेन्टिनको लागि सूची सार्वजनिक गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै प्रकारका होटललाई समेटी सूची तयार पारेको हो।

मन्त्रालयले होटल क्वारेन्टिन छनोट गर्दा कम्तीमा २० कोठा भएको होटललाई छनोट गरेको छ।

क्वारेन्टिनको रुपमा प्रयोग हुने होटलमा स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट वा कम्पाउन्ड भएको र सकेसम्म घुमफिर गर्नसक्ने खुल्ला ठाउँ र बगैँचा भएको हुनुपर्ने मन्त्रालयले उल्लेख गरेको छ।

हाल ८ वटा होटल मात्रै क्वारेन्टिनको लागि प्रयोग हुँदै आएका थिए। चीन, कतार र टर्कीमा नियमित उडान हुने भएसँगै नेपाल आउने यात्रुले अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था रहेको छ।

त्यसका लागि थप होटललाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न सक्ने गरी प्रयोग गरिएको हो।

मन्त्रालयले ७ वटा पाँचतारे होटल क्वारेन्टिनको रुपमा प्रयोग गर्नसक्ने गरी सूची सार्वजनिक गरेको छ। जसमा सांग्रिला, ¥याडिसन, याक एन्ड यति, हायात रिजेन्सी, सोल्टी, होटल अलफ्ट, होटल एभरेष्टको सूची सार्वजनिक गरेको छ।

मन्त्रालयले ३ वटा चारतारे होटललाई क्वारेन्टिनको रुपमा प्रयोग गर्नसक्ने गरी सूची सार्वजनिक गरेको छ। जसमा होटल शंकर, होटल हिमालय र ग्रान्ड होटल रहेका छन्।

तीन तारेमा समिट, अमादब्लाम, साम्बाला, लि हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसन कम्फर्ट, होटल ल्यान्डमार्कलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न सकिने भएको छ।

टुरिष्ट स्टान्डर्डका होटल ५१ वटा रहेका छन् भने पार्क भिलेज र गोकर्ण फरेष्ट रिसोर्टलाई पनि क्वारेन्टिनको रुपमा प्रयोग गर्न सकिने भएको छ।

मन्त्रालयले तारे होटलबाहेकमा बस्दा ३ हजार रुपैयाँ तिर्नुपर्ने उल्लेख गरेको छ।

जसमा ब्रेकफास्ट, लञ्च र डिनर उपलब्ध हुनेछ। तारे होटलहरुले आफ्नो नीतिअनुसार शुल्क लिनसक्ने मन्त्रालयले उल्लेख गरेको छ।

होटलले मापदण्ड पालना नगरे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने मन्त्रालयको भनाइ छ।

होटलको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .