समाज


५ हजार ३१६ संक्रमित थपिँदा ७ हजार २१९ जना संक्रमणमुक्त

५ हजार ३१६ संक्रमित थपिँदा ७ हजार २१९ जना संक्रमणमुक्त

नेपालखबर
जेठ १९, २०७८ बुधबार ११:१९,

गएको २४ घण्टामा नेपालमा ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१६ हजार ८७८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन्।

यो अवधिमा १०१ जनाको निधन भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा ९६९, भक्तपुरमा १८७ र ललितपुरमा १०६ जना गरी उपत्यकामा १ हजार ४५६ जनामा संक्रमण देखिएको छ।

यस्तै, आज देशभर १ हजार ४०६ जना आईसीयूमा उपचाररत रहेकोमा ३८५ जना भेन्टिलेटरमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad