ad ad

कारोबार


चीनले दिएको ८ लाख डोज खोप बोकेर निगमको जहाज काठमाडौं आइपुग्यो

चीनले दिएको ८ लाख डोज खोप बोकेर निगमको जहाज काठमाडौं आइपुग्यो

नेपालखबर
जेठ १८, २०७८ मंगलबार ९:८,

चीनबाट ८ लाख खोप लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ।

सोमबार राति चीनको बेइजिङ गएको जहाज ८ लाख खोप बोकेर काठमाडौं आइपुगेको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ।

नेपाल र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन कुराकानीपछि चीन सरकारले १० लाख खोप नेपाललाई उपलब्ध गराउने घोषणा गरेको थियो।

यसमध्ये ८ लाख बेइजिङ र २ लाख तिब्बतबाट उपलब्ध गराइएको हो।

तिब्बतबाट हिमालय एयरलान्सले २ लाख खोपमध्ये करिब १ लाख ल्याइसकेको छ भने बाँकी १ लाख बुधबारसम्म आइपुग्ने हिमालय एयरलान्सले जानकारी दिएको छ।

चीन सरकारले अघिल्लो पटक ८ लाख खोप अनुदानमा सहयोग गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .