ad ad

खेल


नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणाको स्वागत

नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणाको स्वागत

नेपालखबर
जेठ १८, २०७८ मंगलबार ९:०,

माउन्टेन स्पोर्ट्स फेडेरेसनले सरकारले नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणाको स्वागत गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले गत १५ गतेको बजेट भाषणमा उक्त घोषणा गरेका थिए।

फेडेरेसनले भनेको छ, ‘पहिलोपटक नेपाल र नेपालीको भावना समेट्ने बजेट आएको हामीले अनुभूति गरेका छौँ, खासगरी खेलकुद क्षेत्रमा।’

बजेटको आकारभन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले उत्साहित बनाएको फेडेरेसनले जनाएको छ।

यसको लागि आफूहरुले एक दशक लबिङ्ग गरेको जनाउँदै फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईले नेपाल खेलकुद महसंघको नीतिगत समर्थनले नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणालाई नेपाली खेलकुदको आगामी र अग्रगामी भविष्यको पहिचान गरेको बताए।

विश्वस्तरको खेल विद्यालयले कम्तीमा आम विषय अब सिंहदरबारको पनि विषय बन्न पुगेको अनुभूति भएको फेडेरेसनको भनाइ छ।

‘पूर्वखेलाडीलाई सहुलियतमा व्यावसायिक कर्जा र नवौँ राष्ट्रिय खेलकुदको ग्यारेन्टी तथा देशव्यापी पूर्वाधार निर्माणको घोषणा अरु आशा लाग्दो विषय हुन्’, फेडेरेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाई अल्टिच्युट स्पोर्ट्स ट्रेनिङ सेन्टर निर्माण र काठमाडौँ र फेवाताल वरिपरिको साइकल लेन निर्माणमा सरकारको प्रतिबद्धता साच्चै गर्व गर्न लायक छ । तर यसको सफल कार्यानवयनमा भने हामी चनाखो हुनैपर्छ।’

साहसिक पर्यटनको लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय आकर्षण गर्ने सरकारी नीतिको सफल कार्यान्वयन भए, अल्पाइन र माउन्टेन क्षेत्रमा साहसिक खेलमार्फत पर्यटन प्रवर्द्धन गर्ने फेडेरेसनको लामो अभियान सफल भएको मानिने भट्टराईले विज्ञप्तिमा जनाएका छन्।

पहिलोपटक वाटर स्पोर्ट्सलाई कार्यक्रमसहित प्रस्ट सम्बोधन गरिएको बताउँदै फेडेरेसनले कार्यान्वयन हुनेमा शंका व्यक्त गरेको छ।

विज्ञप्तिमा भनेको छ, ‘नीतिगत रुपमा प्रस्ट र अग्रगामी देखिन्छ बजेट बक्त्तव्य, जसले दिगो पर्यटन, दिगो विकास र समृद्ध नेपालको लागि खेलकुद क्षेत्रलाई प्रस्ट किटान गरेको छ।’

बञ्जी, माउन्टेनियरिंग, रक क्लाइम्बिङ्ग, ¥यापिÞm्टङ्ग, प्याराग्लाइडिङ्ग लगायतका साहसिक खेलमार्फत दिगो पर्यटनको योजना बन्नु महासंघको लागि साँच्चै खुसीको कुरा भएको उल्लेख गरिएको छ।

कुल बजेटको तुलनामा यस क्षेत्रमा विनियोजित रकम सानै भए पनि नीतिगत रुपमा प्रस्ट, दीर्घकालीन सोच बोकेको वस्तुपरक र परिणाममुखी बजेट वक्तव्यप्रति फेडेरेसनले धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .