एनआईसी एसिया बैंकले कर्जा लिएका चार हजार बढी सेवाग्राहीहरुलाई ब्याजमा १० प्रतिशत अर्थात् १५ लाख रूपैयाँ बढी छुट दिएको छ।
बैंकले २०७८ वैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम (सावाँ र ब्याज) वैशाख २४ गते देखि ३१ गतेसम्म बुझाएका ग्राहकलाई १० प्रतिशत ब्याजछुट दिएको जनाएको छ।
उक्त योजना बैंकले वैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो।
सोही योजनाअनुसार बक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४ हजार ६ सय ७६ ऋणी सदस्यहरुले बैंकलाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाई यस योजनामा सहभागी भएका हुन्।
उक्त योजनामा सहभागी भएबापत ब्याजमा जम्मा १५ लाख १८ हजार २०२ रुपैयाँ ४७ पैसा छुट पाएको बैंकले जनाएको छ।
ब्याजछुट रकम सम्बन्धित ऋणीको बचत खातामा जम्मा गरिसकेको पनि बैंकले जनाएको छ।

प्रतिक्रिया